देउवाले संसदमै गरे राष्ट्रपतिमाथि व्याङ्ग्य

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनतालाई राष्ट्रवादको पाठ पढाउन आवश्यक नरहेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधीसभा बैठकमा आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै उहाँले हिमाल, पहाड अथवा मधेशको सबैले सीमा रक्षा गरेर बसेको भन्दै राष्ट्रवादको पाठ पढाउन आवश्यक नरहेको बताउनुभएको हो ।

संविधानलाई सर्वस्वीकार्य बनाउन आवश्यक रहेको बताउँदै देउवाले सरकारले सर्वस्वीकार्य बनाउन सफल प्रयास थाल्नुपर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै उहाँले सरकारको नीति तथा कार्यक्रममा कुनै नयाँपन नभएको दाबी गर्दै सरकारसँग दुरदृष्टि नभएर नयाँ कार्यक्रम नआएको बताउनभयो ।

उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रममा रेल मार्ग, जल मार्ग, विद्युतलगायतका विकासका कुरामा आधारहीन प्रचार गर्न खोजिएको टिप्पणी गर्नुभयो । सभापति देउवाले विदेशी लगानी भित्राउन र विकासका कामलाई अगाडि बढाउने सवालमा अहिलेसम्म सरकारले कुनै ठोस कार्यक्रम ल्याउन नसकेको भन्दै आलोचना गर्नुभयो ।

सम्बोधनको सुरुमै राष्ट्रपतिले ‘सम्माननीय’ शब्दको उचारण नगरेकोप्रति व्यंग्य समेत गर्नुभएको थियो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख महोदय र राष्ट्रियसभाका अध्यक्ष भनेर सम्बोधन गर्नुभएको थियो । तर, सम्माननीय भन्नुपर्ने भन्दै काग्रेसका सांसदहरुले संशोधन दर्ता गराएका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..