नयाँ अध्ययनको खुलासाः यस्तो रहेछ मुटुलाई बुढो हुन र रोगबाट बचाउने उपाय

आफ्नो मुटुलाई जवान राख्न कस्ले चाहँदैन तर मुटुको स्वास्थ्यका लागि थोरै मेहनत गर्नु पनि आवश्यक छ। यो मेहनतबाट हामी अक्सर भाग्ने गर्दछौ तर मेहनत गर्नुको फाइदा भने धेरै छन् ।

एउटा रिपोर्टका अनुसार एक हप्तामा चारदेखि पाँचपटक व्यायम गर्दा तपाईको मुटुको स्वस्थ बनिरहन्छ । यसबाट धमनीहरुमा रगतको प्रवाह राम्रो रहन्छ ।

शोधकर्ताहरुका अनुसार त्यसो त कुनै पनि प्रकारको व्यायमले मुटु रोगको खतरालाई कम गर्ने गर्दछ । तर सही, समयमा सही मात्रामा व्यायम गर्नु मुटु र रगत वाहिनीहरुलाई बुढो हुनबाट रोक्न सकिन्छ ।

द जर्नल अफ फिजियोलजीमा प्रकाशित यो अध्ययनका क्रममा शोधमा सहभागीहरुको जीवनभर गरिएको व्यायमलाई हेरिएको थियो । र, धमनीहरुको कठोरताको मापन गरिएको थियो ।

कति व्यायम आवश्यक

धमनीहरु असलमा रक्त वाहिकाहरु हुन्छन्, जसको माध्यमबाट रगत मुटुसम्म र त्यसपछि पुनः शरीरभर पुग्दछ । धमनीहरुको आकार कुनै ट्युबको जस्तै हुन्छ र उमेर बढ्दै जाने क्रममा यसमा कठोरता आउने गर्दछ । बढी बोसोयुक्त खाना खाँदा पनि धमनीहरु ब्लक हुन पुग्दछ र रक्त प्रवाह रोकिने खतरा उत्पन्न हुन्छ ।

शोधकर्ताहरुका अनुसार जीवनभर हरेक साता दुईदेखि तीनपटक व्यायम गर्दा (हरेक शेसन ३० मिनेट)मध्यम आकारको उक्त धमनीहरु स्वस्थ बनिरहन्छ, जसले दिमाग र गर्दनसम्म रगत पुराउने काम गर्दछ ।

तर, जुन मानिस एक सातामा चारदेखि पाँचपटक व्यायम गर्दछन्, उनीहरुको शरीर केन्द्रीय र मध्यम आकार दुवैप्रकारको धमनीहरुले राम्रोसँग काम गर्दछ र तपाई स्वस्थ बनिरहनु हुन्छ ।

यो ठुला धमनीहरुले छाती र पेटसम्म रगत पुराउने काम गर्दछ । यद्यपि यो शोधमा खानपान, सामाजिक पृष्ठभूमि र शिक्षालाई आधार बनाएर गरिएको होइन, जसको मुटुको स्वस्थयमा असर हुन्छ ।

डलासमा इन्स्टिच्युट अफ एक्सरसाइज एन्ड एवायरमेन्टलका मेडिसिन प्रमुख लेखक डाक्टर बेन्जामिन लेवाइनको भनाइ छ–यो शोध वास्तवमै रोचक छ,किनभने यसबाट हामीलाई मुटुको स्वास्थ्य कायम राख्ने र बुढो मुटुलाई पुनः जवान बनाउनका लागि एक्सरसाइज कार्यक्रम बनाउन सहयोग पुग्दछ ।

डाक्टर लेवाइन भन्छन् कि पछिल्लो शोधले देखाउँछ कि ७० वर्षको उमेरमा मुटुको उमेरलाई पछाडि लैजानु असम्भवजस्तै छ। चाहे तपाई एक वर्षसम्म ट्रेनिङ लिनुस तर यो उमेरमा मुटु र धमनीहरुको ढाँचामा परिवर्तन गर्नु मुश्किल हुन्छ । बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..