जहाँ चिट्ठा जित्नेले पैसा होइन कुमारी युवती उपहार पाउँछ

चिट्ठाका बारेमा त तपाईले पनि सुन्नु नै भएको होला । अझ भनौ सानाठुला चिट्ठा खेल्नु पनि भएको होला । कहिलेकाँहि त चिट्ठा जितेर उपहार पनि पाउनु भएको होला । यो सबै सामान्य कुरा हो । कति मानिस चिट्ठा खेलेरै करोड पनि बनेका छन् भने कति रोडपति पनि बनेका छन् ।

तर, ब्राजिलको एउटा स्थान यस्तो छ, जहाँ चिट्ठा खेल्दा पाइने विचित्रका उपहारका कारण निकै चर्चामा छ । ब्राजिलको यो गाउँमा चिट्ठा जितेको खण्डमा पैसा होइन वरु युवती प्राप्त हुन्छ । अर्थात चिट्ठा जित्नेलाई उपहारस्वरुप पैसाको साटो कुमारी युवती टक्राइन्छ ।

निल अनलाइनको रिपोर्टका अनुसार यो चिट्ठाको सिस्टम पनि आम चिट्ठाहरुजस्तै हुन्छ । चिट्ठाको टिकट किन्नका लागि रकम भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसपछि ड्र गरेर विजेताको नाम निकालिन्छ । चिट्ठामा जसको नाम हुन्छ यसले उपहारमा एउटी कुमारी युवती प्राप्त गर्दछ ।

उक्त युवतीका साथ विजेताले सबै प्रकारको सम्बन्ध कायम गर्न सक्दछ । यसमा सबैभन्दा महंगो टिकटमा उपहारका रुपमा कुमारी युवती दिने गरिन्छ ।

ब्राजिलमा बाल बेश्यावृत्ति चरम अवस्थामा छ। ब्राजिल संसारमा यस्तो दोस्रो देश हो जहाँ बाल बेश्यावृक्ति सबैभन्दा बढी हुने गर्दछ । पैसाका लागि ब्राजिलको ग्रामीण क्षेत्रमा रहने बालिकाहरु यसरी बेश्यावृत्तिमा लाग्ने गर्दछन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..