पिताले गर्लफ्रेण्डलाई प्रपोज गर्दैथिए, छोराले गरिदिए यस्तो काम, भाइरल हुँदै भिडियो

एजेन्सी। सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । गर्लफ्रेण्डलाई प्रपोज गरिरहेका एक युवकको लागि यो प्रपोजको पल निकै स्मरणीय रहनेछ । अमेरिकाका यी युवकले आफ्ना गर्लफ्रेण्डलाई प्रपोज गर्दै गर्दा पछाडि उनका छोराले ‘सुसु’ गरिदिएका छन् ।

केवीन परसीतुला नामका यी युवकले आफ्नी गर्लफ्रेण्ड एलिजा एलिजाबेथलाई प्रपोज गर्दै गर्दाको यो भिडियो निकै भाइरल भइरहेको छ । केवीनले प्रपोज गर्दै गर्दा केवीनका तीन वर्षका छोराले सुसु गरिदिएका हुन् । यद्यपि एलिजाले प्रपोज भने स्वीकार गरेकी छिन् । यो भिडियो केवीनका साथीले नै खिचेका थिए ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..