सुन्दैमा चकित पार्ने खबर : ‘७० वर्षीय वृद्धा गर्भवती’

एजेन्सी । संसारमा पत्याउनै नसकिने कुराहरु पनि धेरै हुन्छन्  । केही समयदेखि विश्वभरी नै भाइरल बनेको ७० बर्षिंया वृद्धाले  आफू ६ महिनादेखि गर्भवती भएको दाबी गरकी छिन् ।

मेक्सिकोमा भएको उक्त घटनाले पछिल्लो समयमा विश्वकै चिकित्सकहरुलाई पनि अचम्मित पारेको छ । मारिया डि ला लुज नाम गरेकी उक्त वृद्धाले गर्भमा भएको बच्चा छोरी रहेको दाबी गर्दै अल्ट्रासाउन्ड रिपोर्ट पनि सार्वजनिक गरेकी छिन् ।

मारिया डि ला लुजले आफ्नो खुट्टा दुख्ने, निरन्तर बान्ता भइरहने, रिंगटा पनि लागिरहने लक्षण देखा परेपछि उनी क्लिनिकहरुमा गएकी थिइन् । चिकित्सकले १० वटा भन्दा बढी अल्ट्रासाउन्ड गराउँदा पनि अचम्मित नै परेको बताएका छन् ।

यदि मारियाले शिशुलाई जन्म दिए, उनले वृद्धावस्थामा आमा बन्ने संसारको पहिलो महिलाको हुनेछिन् । मारिया डेल कार्मेन बौसादा डि लाराभन्दा चार वर्ष जेठी हुने अन्तराष्ट्रिय सञ्चार माध्यम डेली मेलले जनाएको छ ।

यस अघि सन् २००६ मा बौसादा डि लाराले ६६ वर्ष  ३ सय ५८ दिनमा जुम्ल्याहा छोरालाई जन्म दिएकी थिइन् जसले उनलाई संसारकै वृद्ध आमा घोषणा गरिएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..