तपाईलाई माया गर्न आउँछ ? आउँदैन भने यहाँ सिकाउन्छ लभ गर्ने तरिका

के तपाईलाई डेटिङको तौरतकिा थाहा छ ? के तपाईलाई थाहा छ कि माया, प्रेम, भेटघाट, कुराकानीमा तपाईले सधैं निकै संवेदनशील र आफ्नो साथीको भावनाको ख्याल राख्ने बन्नु छ ? के तपाईलाई थाहा छ कि सफल डेटिङका लागि तपाईलाई राम्रोसँग नृत्य गर्नुपर्नेछ ?

यदि तपाईको जवाफ आउँदैन भन्ने छ भने त्यो समस्याको सधान पनि छ । तपाईलाई माया गर्ने तौरतरिका आउँदैन भने तपाई चीनको यो डेटिङ्ग स्कुलमा जान सक्नु हुनछ, जहाँ मानिसलाई सफल डेटिङका लागि तालिम दिने गरिन्छ ।

चीन जनसंख्याको हिसावले संसारबै सबैभन्दा ठुलो देश हो । यहाँ केटाको संख्या केटीको भन्दा धेरै छ। यसको मुख्यकारण चीनको एक सन्तान नीति हो, जसमा मानिसहरुलाई एउटा मात्र सन्तान जन्माउने अनुमति थियो ।

यसबाट सेक्स रेसियो बिग्रेको छ। अहिले चिनियाँ युवाहरुको समस्या यस्तो छ कि युवतीलाई डेटिङका लागि रिझाउन कडा प्रतिस्पर्धा गर्नु परिरहेको छ। त्यसैले त्यहाँ डेटिङ स्कुल र कोचिङ सेन्टरहरु खुलिरहेका छन् ।

बेइजिङको डेटिङ स्कुल

चीनको राजधानी बेइजिङमा एउटा यस्तै स्कुल छ ‘लभ एनर्जी’, चलाउँछन् यी कुई उर्फ मोका ‘मैजिक कार्ड’ । उनी भन्छन् कि डेटिङ एउटा परफेक्ट डान्स जस्तै हो । कुनै बेला तपाईले साथीलाई आफ्नोतर्फ आकर्षित गर्नुपर्ने हुन्छ त कुनै बेला उनलाई टाढा गर्नुपर्ने हुन्छ । यसक्रममा उनीप्रति लगातार संवेदनशील हुनु पर्ने हुन्छ ।

लभ कोचिङ्गको क्रेज चीनमा निकै बढिरहेको छ। तपाईले यसको अनलाइन कोर्स गर्नुभयो भने महिनाको ३० डलर तिर्नुपर्नेछ ।र, तपाई कक्षामै गएर लभ र डेटिङ्गका बारेमा स्वयमलाई अब्बल बनाउन चाहनु हुन्छ भने तपाईले महिनामा ४५०० डलरसम्म गर्नुपर्ने हुन सक्छ ।

यी कुई भन्छन्–मेरा अधिकांश ग्राहक २३ देखि २२ वर्ष उमेर समूहबीचका छन् । यद्यपि सबैभन्दा कान्छा युवक १९ वर्षका छन् । अर्का एक जना त ५९ वर्षका पुरुष पनि छन् । जो डेटिङ्गमा दक्षता हासिल गरेर युवती पट्याउन चाहन्छन् ।

यहाँ हुन्छ युवकको मेकओभर

यी लभ कोचिङ्ग सेन्टरमा युवाहरुलाई मेकओभर गरिन्छ । उनीहरुको सामाजिक सञ्जाल प्रोफाइलका लागि राम्रो तस्वीर खिचिन्छ । युवालाई काबे डान नामको जापानी प्रविधि सिकाइन्छ ।जसमा कुनै युवतीको पछाडि पर्खालमा हात राखेर उनलाई इम्प्रेस गरिन्छ ।

वास्तवमा यस्ता लभ कोचिङ्ग सेन्टरहरु बढ्नुको कारण डेटिङ्ग बजारमा अक्सर युवाहरुका लागि समस्या बढ्नु हो । जबकि विवाहको बजार हेर्ने हो भने युवा राम्रो अवस्थामा हुन्छन् ।

चीनको असन्तुलित लिंगीय अनुपातले पनि डेटिङ्गलाई चुनौतिपूर्ण बनाएको हो । सन् २०१६ मा चीनमा महिलाको तुलनामा गरिब साढे तीन करोड बढी पुरुष थिए । यो सरकारी तथ्याङ्क हो ।

‘मैजिक कार्ड’ भन्छन्–युवकहरु अक्सर युवतीहरुसँग कुरा गर्न हिच्किचाउँछन् । किनभने उनीहरुलाई दुत्कार्ने त्रास हुन्छ ।

सिधै सोध्नुस्–मसँग मित्रता गर्छ्यौ

अन्तरमुखी युवकले त अझ बढी चुनौतिको सामना गर्दछन् । उनीहरु युवतीहरुसँग मायाको कुरा गर्नै डराउँछन् । यो चुनौतिको सामना गर्नका लागि उनीहरुलाई सही तालिम आवश्यक हुन्छ ।

‘मैजिक कार्ड’का अनुसार, युवतीहरुसँग मित्रताको इच्छा भएका युवकहरुले यताउताका कुरा गर्नुको साटो सिधैं सोध्नुपर्छ कि के तिमी मसँग मित्रता गर्छ्यौ ?

यो कोर्सका बारेमा अरु विस्तारसँग सोध्दा उनले भने कि लभ र डेटिङ्ग स्कुल र कोचिङ्गको कारोबार त्यति सजिलो भने छैन । धेरै कर्मचारी आवश्यक पर्छन् । पैसा लगानी गर्नुपर्छ । त्यसका लागि कार्यालय र अन्य सुविधाहरुको व्यवस्था पनि गर्नु पर्दछ ।

यसको तुलनामा अनलाइन कोर्सको माग पनि बढी छ र यो व्यवसाय पनि सहज छ । भर्चुअल डेटिङ्ग कोर्स तयार गर्न खर्च कम लाग्दछ । र, तपाई केही अडियो, भिडियो कक्षाहरु तयार गर्नुस तब मार्केटिङको काम गरे पुग्छ ।बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..