सोनाक्षीले ‘दबंग ३’का लागि घटाइन् ३५ किलो तौल, ६ फोटोमा हेर्नुहोस् नयाँ लुक

मुम्बइ। बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आगामी फिल्म ‘दबंग ३’ का लागि धेरै परिश्रम गरेकी छिन् । उनले आफ्नो पछिल्लो लुकको फोटो इन्स्टाग्राममा शेयर गरेकी छिन् । लामो समयदेखि सोनाक्षी तौल घटाउने प्रयासमा छिन् । अब दबंग ३ मा उनलाई निकै फेरिएको लुकमा देख्न पाइनेछ । फिल्मका निर्देशक अरबाज खान र निर्माता प्रभुदेवाले दबंग ३ मा सलमानसँग सोनाक्षी नै हुने बताएका छन् ।

सोनाक्षीले नियमित एक्सरसाइजले ३५ किलो तौल घटाइसकेको बताइएको छ । बलिउड करिअर सुरु गर्नुभन्दा पहिले सोनाक्षी ९० किलोकी थिइन् । २०१० मा सलमान खानसँग दबंगमा डेब्यूको अफर पाएपछि उनले ३० किलो तौल घटाएकी थिइन् । हेर्नुहोस् सोनाक्षीका केही ताजा फोटोहरु ।

 

 

 

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..