नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय समिति बैठकले यस्तो निर्देशन दियो

काठमाडौ । नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी एकतालाई सदृढ बनाउने गरी गतिविधि अघि बढाउन पार्टीका केन्द्रिय सदस्यहरुलाई निर्देशन दिनु भएको छ ।

पार्टी एकतापछि बिहीबार बसेको पहिलो केन्द्रिय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्धय ओली र दाहालले पार्टीलाई विधि र नीतिसम्मत ढंगले अघि बढाउन पनि पार्टीका केन्द्रिय सदस्यहरुलाई सचेत गराउनु भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

बैठकमा प्रधानमन्त्री ओलीले सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने सरकारको लक्ष्य प्राप्तीमा साथ दिन केन्द्रित हुन पनि केन्द्रिय सदस्यहरुको गम्भिर ध्यानाकर्षण गराउनु भएको थियो । ओली–दाहाल दुवैले भ्रष्टाचार हुन नदिने र गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी समेत दिनु भएको पनि प्रवक्ता श्रेष्ठले बताउनु भयो ।

नवगठित नेपाल कम्युनिष्ट पार्टीमा ४ सय ४१ जना केन्द्रिय सदस्य मनोनित गरिएको छ । बैठकमा निर्वाचन आयोगमा दल दर्ताका लागि केन्द्रिय सदस्यहरुले हस्ताक्षरसहित आफ्नो नागरिकको प्रतिलिपी बुझाउने काम पनि सम्पन्न गरिएको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि केन्द्रिय सदस्यहरुको हस्ताक्षरसहितको नामावली बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..