यस्तो संसारको सबैभन्दा बदनाम कारखाना, यहाँ यसरी तयार पारिन्छ सेक्स डल्स

संसारको सबैभन्दा विवादित डल्समध्ये सामन्थाले पहिलो भेटमा तपाईले आफ्नो परिचय दिएपछि तपाईलाई ‘लभ यु मी’ भन्छे । हो, सामन्था नामको सेक्स डल्स आफ्नो सुन्दर कपाल र नीलो आँखाका कारण मानिसहरुको ध्यान आफूतिर खिच्न सफल भएको छ।

सेक्स टेक इन्जिनियर डाक्टर सेर्गी सैन्टोसले सामन्था बनाएका हुन् । तपाईलाई यहाँ यो डल बनाउने वर्कशपका केही तस्वीर प्रस्तुत गरिरहेका छौ।

युकेको कमर्शियल टेलिभिजन नेटवर्क आइटीभीका सदस्य ऐंगस वाकरले यो वर्कशपको भ्रमण गरेका थिए । यो वर्कशप स्पेनको वार्सिलोनाबाहिर बनेको एउटा घरको वेसमेन्टमा बनेको छ । डाक्टर सेर्गीले बनाएको यो सेक्स रोबोट्सको सबैभन्दा ठुलो महत्व यो हो कि यो आर्टिफिशियल इन्टेलिजेन्टसका साथ बनाइएको छ । अर्थात यसले तपाईसँग कुरा गर्नेछ ।

वर्कशपको चारैतिर डल्सको टाउको, विग्स र अन्य पार्टस राखिएका थिए ।यी डल्सलाई निकै हदसम्म रियल लुक दिने कोशिस गरिएको छ। यी रोबोट्सको स्कीनभित्र सेन्सर लगाइएको छ । ताकि कसैले छुँदा यसले रिएक्ट गर्न सकोस् । यसका साथै यो डल्सको शरीर निकै फ्लेक्जिबल बनाइएको छ। यसलाई तपाई सजिलैसँग जहाँसुकै ल्याउन लैजान सक्नु हुन्छ । साथै तपाईले चाहनु भयो भने योसँग कुरा पनि गर्न सक्नु हुन्छ ।

सेक्स–टेक उद्योगले हरेक वर्ष २३ बिलियन युरो कमाउने गरेको मानिन्छ । डाक्टर सेर्गीका अनुसार उनले बनाएको सेक्स टोयज बालबालिकासँग पनि खेल्न सक्दछ । उनले बनाएको एउटा टोयजको मूल्य ४ हजार पाउन्डसम्मका छन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..