सांसदहरु बैठकमा उपस्थित हुन छाडेपछि सभामुखले गराए ध्यानाकर्षण

काठमाडौ । प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले पुर्व निर्धारित समयमै बैठकमा उपस्थित हुन सरकार र सांसदहरुको गम्भीर ध्यानकर्षण गराउनुभएको छ ।

बैठकमा सांसदहरुको न्युन उपस्थिति, सरकारको अनुपस्थितिका कारण समयमै बैठक संचालन हुन हुन नसकेको भन्दै उहाँले त्यसमा सरकार र सांसदहरुको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिको सम्बोधनलाई लिएर सांसहरुबाट व्यक्त संसदीय मर्यादा भन्दा बाहिरका शब्दहरुमा पनि संसदको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभयो ।

समय लिएर बोल्दै नेकपा का सांसद सुवासचन्द्र नेम्वाङ्गले छलफलका क्रममा राष्ट्रपतिलाई महारानी बनाउन खोजिएको भन्ने भनाई रेकर्डबाट हटाउन माग गर्नुभएको थियो । सभामुख महराले सोही शब्दमा संसदको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..