सलमानको रेस–३ माथि प्रतिबन्ध ! यस्तो छ प्रतिबन्ध लगाउनुको कारण

एजेन्सी। पाकिस्तान सरकारले सलमान खानको फिल्म रेस–३ माथि प्रतिबन्ध लगाएको छ । यद्यपि यो प्रतिबन्ध पाकिस्तानमा २ महिनाको लागि लगाइएको हो । अन्य देशमा भने यो फिल्म जून १५ मा नै रिलिज हुनेछ । पाकिस्तान सरकारले इदको अवसरमा कुनै पनि भारतीय फिल्म पाकिस्तानमा रिलिज गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध बकर इदसम्म जारी रहनेछ । यो प्रतिबन्ध पाकिस्तानमा रेस रिलिज हुनुभन्दा ठिक २ दिन अघि लागू हुनेछ ।

अन्य देशमा रेस–३ १५ जूनमै रिलिज हुने भए पनि पाकिस्तानमा भने २१ अगष्टसम्म रिलिज हुन पाउने छैन । पाकिस्तान सरकारले ईदको अवसर पाकिस्तानी फिल्मका लागि सबैभन्दा बढी व्यापार गर्ने मौका भएको भन्दै यो अवधिमा पाकिस्तानी फिल्मलाई अवसर दिन भारतीय फिल्ममाथि प्रतिबन्ध लगाएको हो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..