राजधानीका तीन स्थानमा मोनोरेल

काठमाडौ । राजधानीका तीन स्थानमा मानोरेल निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन शुरु भएको छ ।

काठमाडौंका तीलगंगा नागढुंगा, रिङरोडको २७ किलोमिटर र नदी किनारामा रेल सञ्चालन गर्ने गरी विभिन्न तीन कम्पनीले अध्ययन शुरु गरेको हो ।

काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाइ (पीपीयू) प्रमुख महेश काफ्लेले तीन ठूला कम्पनीले अध्ययन शुरु गरेको जानकारी दिए । आजको नेपाल समाचारपत्रमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..