विवाहमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने कानुन बन्दै, तर पालना गर्ने कस्ले ?

काठमाडौ । विवाहमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने कानून बन्ने भएको छ ।

गृह मन्त्रालयले तयार पारेको सामाजिक सुधार विधेयकमा दुलाह पक्षले दुलहीलाई ४० र दुलही पक्षले दुलाहलाई बढीमा २० ग्राम सुन दिन मिल्ने उल्लेख छ । दाइजो, जन्ती र आफूखुशी भोजभतेर गर्दा विभिन्न समस्या भएको भन्दै मन्त्रालयले नयाँ ऐन ल्याउने तयारी गरेको हो ।

विवाहमा बोलाइएका व्यक्तिले ५ सय रुपैयाँ वा सो बराबरको मात्र उपहार दुलाह वा दुलहीलाई दिन पाउने विधयेकमा व्यवस्था गरिएको छ । ऐन लागु भएपछि दुलाह पक्षबाट बाजागाजा र सहयोगीसहित७५ जना मात्र जन्ती जान पाउने छन् ।

विवाह भोजमा २ सय ५० र सामाजिक भोजमा १ सय जनासम्मलाई बोलाउन पाइनेछ । विवाह र अन्य भोजभतेरको खर्च विवरण १५ दिनभित्र स्थानीय तहमा बुझाउनु पर्ने व्यवस्था विधेयकमा छ ।

तोकिएको भन्दा बढी सुन दिए सुन जफत वा ३ महिना जेल सजाय हुनेछ । कानून मन्त्रालयबाट परिमार्जन भएर आएको विधयेकलाई केहीदिनभित्रै संसदमा पेश गर्ने गृहको तयारी छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..