दुर्घटनामा छोरा मरेपछि आफ्नै बाबुले उडाए छोराको गर्लफ्रेन्ड (फोटोफिचरसहित)

काइली सुडर्स लामो समयदेखि प्रोम पार्टीमा जाने तयारी गरिरहेकी थिइन् । त्यसदिन उनी आफ्नो ब्वाइफ्रेण्ड कार्टर ब्राउनका साथ जाने तयारीमा थिइन् ।

तर भाग्यमा अरु नै केही लेखिएको थियो । प्रोम पार्टी आउन केही दिनअघि नै कार्टरको कार दुर्घटनामा मृत्यु भयो । यो दुर्घटनापछि १८ वर्षीया काइली स्तब्ध भइन् । उनी तनावमा थिइन् । तर त्यसपछि जे भयो त्यो थाहा पाएर भने तपाईको पनि मन पग्लनेछ ।

ब्वाइफ्रेण्ड कार्टरको मृत्युपछि काइली पूर्णरुपमा टुटिसकेकी थिइन् । उनले तय गरेकी थिइन् कि अब उनी यो इभेन्टमा जाने छैनन् । यो कुराको जानकारी जब केटाका पिता रोबर्ट ब्राउनलाई भयो तब उनी भावुक बने । उनले तय गरे कि उनी काइलीको इच्छा अवश्य पूरा गर्नेछन्।

त्यसपछि ५० वर्षीय रोबर्ट छोराको गर्लफ्रेण्डको पार्टनर बनेर विद्यालय पुगे । जसबाट दुवैको इच्छा पूरा भयो । यसका लागि रोबर्टले स्पष्टरुपमा विद्यालयका प्रिन्सिपलसँग अनुमति मागेका थिए । रोबर्टले उक्त कार्यक्रममा पुगेर छोराको गर्लफ्रेण्डको इच्छा पूरा गर्नुका साथसाथै उनीसँग डान्स पनि गरे, रमाइला तस्वीरहरु पनि खिचाए। सामाजिक सञ्जालमा कार्टरको कथा अहिले भाइरलबनेको छ।

अमेरिकामा प्रोम पार्टी कल्चर छ। जहाँ हाई स्कुलका विद्यार्थीहरु भेला हुने गर्दछन् र आफ्नो पार्टनरका साथ डान्स गर्दछन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..