हट लुकमा डिनर डेटमा देखिइन् श्रीदेवीकी छोरी जाह्नवी, हेर्नुहोस् ५ फोटो

मुम्बइ। दिवंगत श्रीदेवीकी छोरी जाह्नवी कपुर बिहीबार राती मुम्बइ बान्द्राको एक रेष्टुरेण्टमा देखिइन् । उनी आफ्नी साथीसँग डिनर डेटमा गएकी थिइन् । वाह्नवीले यस क्रममा फुल स्लिव शर्ट डेनिम ड्रेससँग न्यूड बुट र गोल्ड होप्स इयर रिङ लगाएकी थिइन् । डिनरबाट फर्कने क्रममा उनले फोटोग्राफरलाई पोज पनि दिइन् ।

जाह्नवी अहिले आफ्नो डेब्यू फिल्म धडक रिलिज मितिको पर्खाइमा छिन् । धर्मा प्रोडक्सन र जी स्टुडियोको ब्यानरम ाबनेको यो फिल्म २० जुलाइमा रिलिज हुँदैछ । मराठी सुपरहिट फिल्म सैराटको हिन्दी रिमेकका निर्देशक शशांक खेतान हुन् । यो फिल्ममा जाह्नवीको अपोजिट रोलमा शाहीद कपुरका भाइ इशान खट्टर छन् । इशानको पनि यो डेब्यू फिल्म हो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..