जीवित छँदा छोरीहरुलाई २२ वर्षसम्म दिन नसकेको उपहार मरेर मात्र दिन सकिन् श्रीदेवीले

मुम्बइ। बलिउड अभिनेत्री श्रीदेवीको मृत्यु भएको आज ३ महिना पूरा भयो । फेब्रुअरी २४ मा दुबइका श्रीदेवीको मृत्यु भएको थियो । दुर्घटना भनिएको मृत्युको विषयमा अहिले विभिन्न प्रश्नहरु उठिरहेका छन् । यद्यपि श्रीदेवीले आफ्ना छोरीहरुलाई मरेर त्यो उपहार दिएकी छिन् जुन उपहार उनले आफू जीवित रहँदा २२ वर्षसम्म दिन सकिनन् ।

श्रीदेवीको मृत्युपछि कपुर खानदानमा एउटा ठूलो परिवर्तन भएको छ जो विगत २२ वर्षमा हुन सकेको थिएन । श्रीदेवीसँग १९९६ मा विवाह गरेपछि बोनी कपुर आफ्नी प्रथम पत्नी मोना कपुर र उनका सन्तानसँग टाढिएका थिए । अर्जुन कपुर र अंशुला कपुर मोनातर्फका सन्तान हुन् । बोनीका यी दुई परिवारबीच सधैं बेमेल रह्यो । अंशुला र अर्जुन श्रीदेवीका छोरीहरु जान्भी र खुसीसँग सबैं घृणा गर्थे ।

यो कुरा अर्जुनले एउटा अन्तरवार्तामा आफैं स्वीकार गरेका थिए । अर्जुनले भनेका थिए ‘उनी कहिल्यै मेरी आमा बन्न सक्दिनन् । उनी केवल मेरा पिताकी पत्नी हुन् । उनका दुई छोरीहरु मेरो लागि कुनै महत्व राख्दैनन् ।’ यसको प्रतिक्रियास्वरुप श्रीदेवीले भनेकी थिइन् ‘मैले बोनीलाई उनको परिवारसँग भेट्न कहिल्यै रोकिन ।’

सम्बन्ध नमिठो भएपनि श्रीदेवीको मृत्युपछि भने नसोचेको भयो । श्रीदेवीको मृत्युको खबरसँगै अर्जुन आफ्नो सुटिङ छोडेर फर्किए । यतिमात्र होइन उनले फर्किनासाथ आफ्ना सौतेनी बहिनी खुसी र जान्भीलाई सम्हालेका थिए । श्रीदेवीको अन्तिम संस्कारको क्रममा पनि उनी जान्भी र खुसीसँगै रहे । अर्जुनले यो कठिन परिस्थितिमा विगतका सबै वैमनस्य बिर्सिए ।

यतिमात्र होइन श्रीदेवीको पार्थिव शरीर लिन अर्जुन स्वयं दुबइ गए । केही दिनअघि सोनम कपुरको बिहेमा पहिलोपटक बोनीका चार छोराछोरी एउटै फोटो फ्रेममा अटाए । पछिल्लो समय अर्जुन आफ्ना बहिनीहरुको लागि निकै जिम्मेवार भएका छन् । श्रीदेवीले बाँचेर २२ वर्षसम्म दिन नसकेका ‘दाजु’ उनले मरेर भए पनि छोरीहरुलाई दिएकी छिन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..