प्रेरणादायी सफलताको कथाः एउटा फोन लाइन जोड्न नसकेका व्यक्ति यसरी अर्बपति बने

जब उनी १९ वर्षका थिए, उनले फोनमा इंग्लिस कोर्स बेच्ने जागिर पाएका थिए । तर समस्या यो थियो कि उनको घरमा फोन थिएन ।तैपनि उनले यो काम गर्ने र आफ्नो लक्ष्य हासिल गर्ने निर्णय गरे।

फ्लावियो अगस्तो दा सिल्भा त्यतिबेला ब्राजिलको रियो दि जेनेरियोमा बस्ने गरेका थिए । र, उनका आमाबुबासँग टेलिफोन लाइन थिएन ।
सन् १९९१ ताका ब्राजिलमा टेलिफोन लाइन लिनु सम्पन्नताको प्रतिक हुन्थ्यो । र, यसका लागि करिब ६५हजार रुपैयाँ तिर्नुपर्ने हुन्थ्यो । उनको परिवारसँग यति धेरै रकम थिएन, यति हुन्थ्यो भने पनि फोन लाइन जोड्नका लागि दुई वर्ष लाइनमा बस्नुपर्ने हुन्थ्यो ।

त्यतिबेला अधिकांश आवादीका लागि मोबाइलमा सपनाकै कुरा थियो । फ्लावियो अगस्तोले आफ्नो रोजगारी बचाउनका लागि अर्को बाटो अपनाए । उनले सैन्टोस ड्युमोन्ट एयरपोर्टमा सार्वजनिक टेलिफोन प्रयोग गर्ने सोच बनाए र विस्तारै विस्तारै एयरपोर्ट टर्मिनल उनको नयाँ कार्यालय बन्यो।

सुरुवात

अहिले फ्लावियो अगस्तोको आफ्नै स्कुल छ, जसको नाम उनले वाइज अप एजुकेशन राखेका छन् । यो स्कुलको वार्षिक कारोबार ७७२ करोड रुपैयाँको छ र अहिले उनी करिब दुई हजार करोड रुपैयाँका मालिक छन् ।

४६ वर्षका यी उद्यमी भन्छन्–मलाई कुनै शंका छैन कि उक्त एयरपोर्टमा मैले आफ्नो लक्ष्य हासिल गरेँ ।

जब फ्लावियो अगस्तोले फोन बेच्न सुरु गरे, उनलाई यो महशुस भयो कि उनीभित्र एयरपोर्टको होहल्लाबीच पनि उनमा इंग्लिस कोर्स बेच्ने कला छ। केही समयपछि नै उनी कम्पनीको कमर्शियल डाइरेक्टर बने र चार वर्षपछि उनले आफ्नै विद्यायल खोल्ने निर्णय गरे ।

उनी भन्छन्–मैले महशुस गरेँ कि म तयार थिएँ । जुन कम्पनीमा काम गरिरहेको थिएँ, त्यो कोर्समा उत्तम बनाउन आवश्यक लगानी तयार थिएन ।

‘मलाई उत्पादनबारे जानकारी थियो र म यो पनि थाहा थियो कि म योभन्दा उत्कृष्ट गर्नु सक्छु ।’

सहज थिएन बाटो

यद्यपि यो सबै गर्न फ्लावियोका लागि सहज भने थिएन । उनले कयौ चुनौतिको सामना गरे । पहिलो चुनौति त यो थियो कि उनलाई अंग्रेजी आउँदैन थिया, उनलाई अंग्रेजीका केही शब्द मात्रै थाहा थियो ।

दोस्रो चुनौति यो थियो कि फ्लावियोले बैंकबाट ऋणसमेत पाएका थिएनन् र उनी बजारमा धेरै ब्याजमा ऋण लिन बाध्य भए ।फ्लावियोले वाइज अफ विजनेश इंग्लिस स्कुलको स्थापना गरे र उनले लक्षित वर्ग तिनीहरुलाई बनाए, जो अन्यकम्पनीको निशानामा थिएनन् । त्यतिबेला यस्ता अधिकांश कम्पनी बालबालिका र देशबाहिर घुम्न जानेहरुलाई आफ्नो ग्राहक बनाउँथे ।

फ्लावियोले भने रोजगारीको खोजीमा रहेका युवाहरुलाई आफ्नो ग्राहक बनाए । उनी भन्छन्–त्यतिबेला विदेशी कम्पनीहरु ब्राजिलमा आइरहेका थिए, त्यसैले अंग्रेजी जान्नु युवाहरुका लागि रोजगारी पाउने माध्यम थियो ।

फुटबल क्लवमा लगानी

सन् १९९५ मा ब्राजिलको अर्थव्यवस्था नराम्रो चरणबाट गुज्रिएको थियो। महंगीदर १४८ प्रतिशत थियो, यसका बावजुद पहिलो वर्षमै उनको स्कुलमा एक हजार युवाहरु भर्ना भए । तीन वर्षपछि फ्लावियो यस्ता २४ विद्यालयका मालिक बने । यो स्कुल विभिन्न सहरहरुमा सुरु गरिएको थियो ।

आफ्नो ब्यापारलाई अगाडि बढाउनका लागि उनले सन् २०१२ मा फ्रेन्चाइज मोडलको सुरुवा गरे, त्यसपछि उनको कम्पनीको ४ सय शाखा खोलिए ।

यसपछि फ्लावियोले केही नयाँ गर्ने निर्णय गरेँ । उनलाई लाग्यो कि उनले कम्पनीलाई त्यो उचाई पुगेको छ, जुन उनी चाहन्थे । उनले आफ्नो कम्पनीलाई ब्राजिलको एउटा समूह अब्रीललाई १,६४० करोड रुपैयाँमा बेचिदिए ।

एक वर्षपछि सन् २०१३ मा उनले अर्लान्डो सिटी फुटबल क्लवमा ८२० करोड रुपैयाँ लगानी गरे । यो लगानी साँकर लिगमा टिम सहभागी हुनुभन्दा केही दिन पहिला गरिएको थियो।

हालैका वर्षहरुमा क्लवको मूल्य बढेको छ र अहिले यसको मूल्य करिब साढे तीन हजार करोडा भारतीय रुपैयाँ बराबर आँकलन गरिएको छ। तर, उनले लगानीका लागि अर्लान्डो नै किने चुने ? यस्तो उनले यसकारण गरे किनभने अर्लान्डो ब्राजिलबासीको मनपर्ने स्थान हो ।

वाइज अफ के भयो ?

जुन कम्पनीले यो किनेको थियो, उसले यो कम्पनी चलाउन सकेन र त्यसका मालिकले यसलाई आधा मूल्यमा फ्लावियोलाई पुनः बेच्ने कुरा गरे । उनले पुनः यो स्कुल किने र अहिले यो कम्पनीको ४४० वटा स्कुल भइसकेका छन् । फ्लावियोले २०२० सम्म ल्याटिन अमेरिकामा एक हजार शाखा खोल्ने लक्ष्य राखेका छन् ।

व्यापार विश्लेषक रिचर्ड मोट्टा भन्छन् कि फ्लावियो एक जना ‘बोल्ड व्यापारी’का रुपमा परिचित छन् । जो आफ्नो कम्पनीलाई आफ्नो दूरदर्शी सोचका साथ अगाडि बढाउँछन् । बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..