सुन्दरताको मायाजालमा फसेका अन्धभक्तहरुको अराजक तपस्या-विशाल बस्नेत

सुन्दर भित्रका केही नकरात्मक बिषयबस्तुहरुलाइ केलाइदिएर अझ सुन्दर किन नबनाउने ?, समीक्षा गर्दै असुन्दर पाटोहरुलाइ औल्याउने कि  नऔल्याउने ? यस्तै खाल्का प्रश्नहरु तपाईंलाई  सोध्यो भने  धेरैबाट सहज जवाफ आउन सक्छ सहमतीको ।

तर सुन्दरतामा नतमस्तक भएर गुण, अबगुण छुट्याउन सक्ने चेतना नै हरण भयो भने त्यो ठूलो दुर्भाग्य बनिदिन्छ । प्रश्न उठन सक्छ त्यसो भए सुन्दरता के हो ?, हामीले देखेको सुन्दरता के सुन्दरता हैन ? हो यहानिर उठ्ने प्रश्नहरुको उत्तर दिन नसक्नुले हाम्रो कमजोरी प्रमाणीत भएको छ । हामी प्रश्नको उत्तर दिन नसक्ने लाटो मात्र हैन स्वबिबेक, आत्ममुल्याङकन समेत दिन्हु गुमाउदै जानुले पछिल्ला पिढिहरुको लागी समस्याको ढाल बनेर खडा बन्दै गएका छौ अनि नया परिकल्पनाहरु हामी आफै ध्वस्त बनाउदै छौ ।

बाहीरी आवरणलाइ मात्र देखेर एकहोरो भएका हाम्रै समाजका कतिपय ब्यक्तीहरुले पुस्ता हस्तान्तरण समेत गरेका छन जस्तै हजुरबुवाले बनाइदिएको सुन्दर बाहिरी आवरणलाइ छोरा नातीसम्म आउदा समेत दृष्टीकोण परिवर्तन हुन नसक्नु । यसैको फलस्वरुप हामी दुख- कष्टबाट याहासम्म आइपुग्दा समेत टाढा जान नसकेको धुर्बसत्य पनि हाम्रै अगाडि छर्लङ्ग नै छ ।

सुन्दरताको अर्को पाटोलाइ केलाउने हो भने भर्खरै निर्वाचन सकिएको छ यही महासङ्ग्राममा  हार्नेहरुले जितिसकेका छन भने जित्नेहरुले हारिसकेका छन । हामीले सुन्दरताको पहिचान गर्न यहापनी टुटीसकेका छौ । बर्षौदेखी जितेकाहरुलाइ अहिले पनि हामिले जिताएका छौ । हामीलाइ थाहा छ बिगतमा हामिले नै जिताएकाहरुबाट धोक्का पायौ, आशाहरु जस्ताको तस्तै रहे, सपनाहरु ज्युका त्याही रहे । त्यैपनी फेरि पनि हामिले जितायौ । अनि फेरि  हाम्रा आशा र सपनाको हत्या गर्‍यौ ।

मैले याहानिर कसैलाइ ब्यक्तीगत निसाना बनाउन खोजेको हैन तर सुन्दरताभित्र पनि केही अबगुणहरु  छन भने खुलेर औल्याइदिदा सुन्दरताको झन महत्व बढ्न सक्छ । कसैप्रती नतमस्तक हुदैमा आफ्नो स्वबिबेक र चेतना पनि उसैलाइ सुम्पिनु पर्छ भन्ने मानसिकताबाट माथी उठ्नै पर्छ । कसैको नराम्रो पक्षलाइ औल्याइदिदा गाली गरेर अराजकता मच्चाउनु भन्दा सयोग गरेर सुधारको लागि पहल गर्नुपर्छ ।

पत्रकार रबि लामिछानेकै यो उदाहरणबाट बिषयबस्तुको सुरुवात गरौ ।

जन्तासग सिधा कुरा भन्ने एक टेलिभिजन कार्यक्रमबाट चर्चामा आएका लामिछाने छोटो समयमा नै नेपाली दर्शकहरुका माझ चर्चीत मात्र भएनन कतिपयले उन्लाइ भगवान भनेर उचारण समेत गर्न थाले । स्वभाबिकरुपमा टेलिभिजन कार्यक्रमबाट नै रबीले कयौ फट्टाहरुलाइ नङगाइदिए भने पिडितहरुलाइ न्याय समेत दिलाए । उन्ले जेजती काम आफ्नो निडर पत्रकारिताको माध्यमबाट गरे त्यो सबै नेपालीहरुको हितअनुकुल थियो यसलाइ कसैले नकार्न सक्दैन यस्को श्रेय उन्ले आगामी दिनमा पनि बोक्दै जानेछन । पत्रकारिताको माध्यमबाटै उन्ले गरेको फलोअप र मेहेनतले पिडितलाइ सगसगै न्याय पनि दिलायो । यो याहा धेरै ब्यक्त गरिरहन आब्स्यक छैन । किन कि सबैलाइ छर्लङ्ग नै छ । 

  उन्को कामपछी के आबस्यक्ता थियो ।

उन्ले गरिरहेका सराहनिय कामपछी रबीको भित्री पाटो केलाउनु सबै नेपालीको कर्तव्य थियो त्यस्को साहस अर्को एक जना पत्रकार दिल निसानीमगरले उठान गरे । यस्लाइ उन्का सुभचिन्तकहरुले समेत खुसी मान्नु पर्ने थियो । किन कि त्यहा कामको बिरोध गरिएको थिएन उन्लाइ अझ सुन्दर बनाउन सुझाब दिएको थियो ।

तर सुभचिन्तकहरुले फेसबुकका भित्ताहरुमा तल्लो स्तरको गाली गर्दै आक्रोश पोखे । यो पङ्क्तिकारले त्यो भन्दा अगाडी नै  स्टाटसमा कसैलाइ माया गरौ तर नतमस्तक र अन्धो भएर नगरौ, ब्युझने प्रयास पनि गरौ भनेर अनुरोध पनि गरेको थियो। त्यही स्टाटसको कारण मेरो मेसेजबक्स र कमेण्ट अहिलेसम्म पनि गालीले दिन्हु  भरिएका छन ।

पढेलेखेका केही मित्रहरुले समेत तल्लो स्तरको गाली गर्दै समय खर्चिएपछी सबैलाइ बुझाएर सकिने अबस्था पनि थिएन कतिपय साथिहरुले फोनबाट समेत गाली गर्न भ्याउनु भयो । एक जना मित्रले त  पत्रकारिता गर्ने सबै जना रबी बाहेक यो देशका कलङ्क हुन भनेर आरोप लगाए भने केही मित्रहरुले बौद्धिक गरिब भनेर आरोप लगाए । यी आरोप र गालीगलौजहरु स्वभाबिक भएतापनी के सङ्केत गरिरहेको छ ? भन्ने बिषयमापनी याहा बुझ्न आबस्यक छ आउनुस एकै क्षण चर्चा गरौ ।

गालीगलौजपछी नेपाली समाजको अबस्था र बिकाशको आशा ।

मेरो रबी लानिछानेका सुभचिन्तकसग गाली गरे भन्दैमा कुनै गुणासो हैन तर नेपालको सस्कार र सस्कृती कसरी बिकाश हुँदै छ भन्ने गहिरो चिन्ता हो । कसैप्रती नतमस्तक हुदैमा उस्का यथार्थ नकारात्मक पाटाहरु केलाउदा अपराधी मानिन्छ भने हामी कहिले ब्यक्तीलाइ पहिचान गर्ने ?, हाम्रो गुनगानले, हाम्रो अन्धभक्तले ब्यक्तीलाइ मनोबल बढाइरहदा कहिलेसम्म हाम्रो आशा, सपनालाइ आफैले  धोक्का दिरहने ? जोकोहीका सुभचिन्तकहरुलाइ मेरो ब्यक्तीगत सवाल हो ।

रबी लामिछानेकै बिषयलाइ याहा जोड्ने हो भनेपनी याहा उन्को कामको बिरोध गरिएको छैन, उन्लाई जेलचलान गर्नुपर्छ भनेर भनिएको छैन तर नेपालको राष्ट्रीयता र स्वाभिमानलाइ बिर्सदै अमेरिकि नागरिकको हैसियतमा कानुनको पाठ पढाउदा स्वयम् उन्ले चै नेपालको कानुनको धज्जी किन उडाइरहेका छन भन्न मात्र खोजिएको हो । यदी उनी यो देशलाइ माया गर्छन भने अहिले कार्यक्रमलाई थाती राखेर अ्मेरिकी नागरिकता त्याग्ने हैसियत राख्न सक्नुपर्छ । भिजिट भिषामा बसेर नेपालीहरुलाइ कानुनको पाठ सिकाउने उन्ले कस्तो खाल्को जिम्मेवारी निर्वाह गर्दै छन भन्ने बिषय नै अप्रष्ट छ ।

मैले भन्न खोजेको के हो भने हामीले उठाएका यी सम्पुर्ण बिषयबस्तुहरु रबिलाइ अझ सुन्दर बनाउनका लागि हो, सबै सुभचिन्तकहरुको आशा र अपेक्षालाइ टिकाइ राख्नका लागी हो । सुन्दर बस्तुलाइ अझ दाग मेटाउने प्रयास गरौ किन कि  सुन्दर बस्तुको महत्व अझ बढोस भन्ने हाम्रो चाहना हो ।

यति हुदाहुदै पनि लामिछाने स्वयमले उन्ले गर्दै गरेका कमजोरीहरु औल्याएर अगाडि बढ्न सल्लाह दिदा टेलिभिजनको एक एपिसोड कमजोरी औल्याउनेहरुलाइ नै गाली गरे ।  हामीले उठाएका बिषयबस्तुहरु कुनचाही उन्लाइ अपाच्य भयो उन्ले प्रष्ट नभनेतापनी आरोप लगाएका कुराहरुलाइ स्विकार समेत गरे ।

रबी लामिछाने त  एक प्रतिनिधि पात्र मात्र हुन । यस्तै खाल्का नेपाली सुभचिन्तकहरुको अन्धभक्तताका कारण हार्नेहरुले दिन्हु जितिरहेका छन । भर्खरै सकिएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको कुरा गर्ने हो भने कयौ जित्नै नहुने उम्मेदवारले जित हासिल गरे भने जित्नै पर्ने उम्मेदवारले हार ब्यहोरे ।

यद्पी हामी कसैप्रती कति धेरै नतमस्तक छौ भन्ने प्रमाणीत याहीबाट पनि भएको छ । नेताले सार्बजनिक स्थलबाट दिने अभिव्यक्तिबाट प्रभाबित  भइ एकहोरो भएका नेपाली आलोचकहरुबिच नै सामाजिक संजालमा अराजक दरिद्र बैचारिक युद्ध नै चलिरहेको छ ।

केपि सर्मा ओलिको आलोचना गर्दा आक्रोश ब्यक्त गर्ने, देउवाको बिषयमा बोल्दा सनसार सकिएको सोच्ने, प्रचण्डलाइ गाली गर्दा बेहोसीमा बर्बराउने यी र यस्तै खाल्का हाम्रा हर्कतहरुले असमाजिक ब्यक्तीत्वहरुको मनोबल बढीरहेको हामीलाइ थाहा पनि छ ।
दिपक मनाङ्गे राम्रो हैन भन्दा भन्दै हामिले नै जिताएका हौ ।, जित्नै पर्नेहरुलाइ हामीले नै हरायौ। अनि तपाईं आफै भन्नुस हामीले खोजेको समृदी र सुख काहानिर छ ? हाम्रो एकहोरोपना र अन्धभक्तता कसरी झाङ्गीरहेको छ् भन्ने कुरामा जरुर आँखा खोल्ने समय आइसकेको छ ।

रबिन्द्र मिश्रको सब्दमा भन्ने हो भने हामी माया जालमा फसेका छौ । मायाजालबाट बाहिर निक्लनै पर्छ । पुर्खाहरुले गरेको नराम्रा कामहरुलाइ  हामी जब सम्म राम्रो नै भनिरहन्छौ तबसम्म हाम्रो आशाहरु कहिल्यै पूरा हुन सक्दैनन ।

आफ्न्त जस्तो भएपनी आफ्नै हुने अनि पराइहरु जस्तोसुकै सुन्दरताले सुसज्जित भएतापनी नराम्रो नै हुने हाम्रो परम्परागत सस्कृतीको प्रभाबले राम्राहरु ओझेलमा परेका छन । किन राज्यले अपराधी प्रमाणीत गरेका दिपक मनाङ्गे, रेसम चौधरीहरु नै हाम्रा प्यारा छन यहाँ अपनत्व र एकहोरोपनाले अहम भुमिका खेलेको छ । फरक पेशाबाट एउटा हैसियत बनाइसकेका, भिजन बनाएर अगाडि बढेका रबिन्द्र मिश्रहरु नै किन हाम्रा  टाढाका भए ?
टाढा र नजिक मुल्याङ्कन गर्न नसक्ने याहा चेतनास्तरको कमिले खुडकिलो उक्लन नै नसकेको यथार्थलाइ हामिले नै बुझ पचाइरहेका छौ ।

आब्स्यक्ता के हो त ?

आबस्यक्ता हो रबिन्द्र मिश्रको भाषामा मायाजालबाट मुक्त, जबसम्म हामी मायाजालबाट मुक्त बन्न सक्दैनौ तवसम्म यो देशमा दिपक मनाङ्गे, गणेश लामाहरुले जिति नै रहन्छन ।हुन त रबी लामिछाने र उन्कै बिषयलाइ मात्र आधार बनाएर भन्न खोजिएको हैन तर हरेक तहतप्कामा यदी असल मान्छेको खोट छ भने ब्यक्त गर्ने साहस राख्नै पर्छ । चाहे त्यो राजनैतिक क्षेत्रमा होस, चाहे समाज र समुदायभित्र नै किन नहोस। चाहे जोसुकै होस कोही जिम्मेवारीबाट  अलिकती पनि बिचलित छ भने कमजोरी औल्याइदिदा आफ्न्तहरुको टाउको दुखाइको बिषय बन्न हुदैन ।कमसेकम आफ्न्तहरुले पनि मार्गदर्शन गर्न सक्नुपर्छ ।

यो देशलाइ राम्रा मान्छे उत्पादन गर्न यथार्थ आलोचनाको जरुरी हुन्छ हामी सबैले मनन गर्नै पर्छ । सामाजिक संजालमा देखाइने अराजक गतिबिधिले सभ्य समाज निर्माणको अभियानलाई कुनै मलजल गर्न सक्दैन ।

यो पङ्क्तिकारले यस्तै बिषयमा विभिन्न समयमा समाचार मिडियाहरुमा लेखको माध्यमबाट बहस गर्दै नै आएको छ । यो हरेक नेपाली युवाहरुको आगामी दिनमा जिम्मेवारी बन्न सक्नुपर्छ ।

हामीले खोजेको बिकाश र समृदी आफ्न्तहरुको मायाजालमा बेरिएको छ । जबसम्म हामी आफ्न्तहरुको बिरोध गर्ने साहस गर्दैनौ तबसम्म दुख, बेरोजगार, पलायन जस्ता समस्याहरुबाट मुक्त बन्न नै सक्दैनौ ।

म ब्यक्तीगतरुपमा त कसैको नाम लिन चाहान्न तर स्थानिय तहको निर्वाचनमा पनि हामीले आँखा खोल्न नसकेको पक्कै हो । यसैको परिणामस्वरुप जनप्रतिनिधिहरु कहिले जुवाको खालबाट पक्राउ परेका छन भने कहिले घुस लिदालिदै रङ्गेहात पक्राउ परेका छन । त्यसैले हाम्रो आशा जुवाको खालमा फालिएको छ, हाम्रो सपना घुसखोरीहरुको गोजीमा बन्धक बनेको छ । अनि के अझै पनि मायाजालबाट मुक्त हुन नसक्ने ?

विशाल बस्नेत

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..