नेपाल केही वर्षभित्रै समृद्ध हुने प्रम ओलीको दावी

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले केहि बर्षभित्रै नेपाल समृद्धिको अबस्थामा पुग्ने दाबी गर्नुभएको छ ।

कार्ल मार्क्सको द्धिशतवार्षिकीका अवसरमा काठमाडौमा बुधबारबाट सुरु मार्क्सवाद , समाजवाद बिषयक अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुक समाजवादतिर अघि बढिसकेको भन्दै नेपाल चाँडै विकसित मुलुकको हैसियतमा उभिने दाबी गर्नुभयो ।

उहाँले राष्ट्रियता र विकासलाई सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारालाई पूरा गर्न सरकार प्रतिवद्ध रहेको धारणा पनि राख्नुभयो ।

प्रधानमन्त्री ओलीले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धी संविधानमा समेटिएको भन्दै अब मुलुकको विकासमा हातेमालो गर्नुपर्ने जिकिर गर्नुभयो । नेकपाका अध्यक्षसमेत रहनुभएका ओलीले कम्युनिस्ट एकता जनता र मुलुकको चाहना भएको दाबी पनि गर्नुभयो ।

कार्यक्रमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा राजनीतिक स्थायित्व र सुशासन कायम गर्नु सरकारको मुख्य प्राथमिकता भएकाले मुलुकमा चाँडै समाजवाद आउने बताउनुभयो । उहाँले नव गठित नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले मुलुकको विकासका लागि विज्ञान र प्रविधिको अधिकतम सदुपयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।

नेपाल कम्युष्टि पार्टीको आयोजनामा सुरु सम्मेलन बिहीबार सम्म चल्नेछ । सेमिनारमा ११ देशका १५ कम्युनिष्ट , श्रमिक तथा समाजवादी पार्टीहरुको सहभागीता रहेको छ ।

कार्ल मार्क्सको योगदानहरुका बारेमा बिचार विमर्श गर्न र तिनिहरुको आफ्नो प्रतिवद्धतालाई नयाँ उचाईमा पुराउन सेमिनारको आयोजना गरिएको सम्मेलन मुल आयोजक समितिका संयोजक माधव कुमार नेपालले जानकारी दिनुभयो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..