२५ हजार घुस लिँदालिँदै मालपोतका कर्मचारी धिताल पक्राउ

चितवन । चितवनको मालपोत कार्यालय भरतपुरमा घुस लिदै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडाँको टोलीले मालपोत कार्यालयका कार्यलय सहयोगी शंकर प्रसाद धिताललाई पक्राउ गरेको हो । सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिदै गरेको अवस्थामा प्रहरी निरीक्षक बिनीमहादेव पौडेलको नेतृत्वमा खटिएको टोलीले धिताललाई पक्राउ गरेको थियो ।

फिल्डमा जग्गा धेरै रहेको तर लालपुर्जामा कम भएको सेवाग्राहीको काम मिलाइदिने भन्दै घुस मागेकाले अख्तियारको टोलीले धिताललाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाँका प्रमुख श्यामराज अधिकारीले बताए ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..