आफ्नो शिक्षकलाई परास्त गर्दै…

एक जना स्कुल मास्टर आफ्नो अल्छीपनमा यति प्रसिद्ध थियो कि कोही विद्यार्थी पनि उसकहाँ धेरै टिक्दैनथे । अन्ततः एक दिन एउटा केटा पढ्न भनेर आयो ।

‘ठीक छ,’ सोच्दै नसोचेको काम पाएर स्कुल मास्टरले छक्क पर्दै भन्यो, ‘मसँग पढ्न यति धेरै इच्छुक छौ भने जाऊ एउटा टेबुल ल्याऊ ।’
‘किन र सर ?’ विद्यार्थीले सोध्यो ।

‘अँ… त्यसमा पनि सुर्ती राखेर कन्फ्युसियसलाई उपहार दिने, हाम्रो विधि विधानअन्तर्गत’ शिक्षकले जवाफ दियो ।

‘अँ….’ हुनेवाला विद्यार्थीले टाउको कन्याउँदै भन्यो–‘म ती लिएर आऊँ त ? म गएको बेला तपाईं भोगभेटी लगाइदिइरहनोस् । त्यसो भयो भने समयको बचावट हुनेछ ।’

यी भनाइहरु सुनेर शिक्षक फुत्त उफ्र्यो र त्यो तरुण अलौकिक व्यक्तिको अगाडि निहु-यो ।

‘लौ , मेरा बाबा १’ उसले भन्यो, ‘मसँग किन पढ्छौ तिमी ? मलाई तिमीले परास्त गरिसक्यौ । मैले भन्दा बढी जानेका रहेछौ कसरी काम टार्ने र त्यसबाट टाढा भाग्ने भनेर ।’ भियतनामी कथा

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..