ल गज्जवका जोक्सहरु पढेर मस्त हाँस्नुस, स्वस्थ रहनुस्

सुत्नै दिँदैन

अति भएपछि एउटा व्यत्ति डाक्टरकहाँ गयो–

व्यत्ति : डाक्टरसाब मैले मुसाको मासु खाएको दिनदेखि सुत्नै सकेको छैन ।

डाक्टर : के तपाईको पेट दुख्छ ? रिँगटा लाग्छ ?

व्यत्ति : होइन, डाक्टरसाब रातभरि बिरालो आएर पेट सुघेँर सुत्नै दिँदैन ।

ढोकै फुटेन

एकदिन एउटा घरमा चोरले घरको झ्याल फुटाएर घरभित्र छिर्न खोज्दा मान्छेले समातेर पुलिसकहाँ लगेछन्–

पुलिस : भन तैँले किन झ्याल फुटाएर छिर्न खोजेको ?

चोेर : ढोका फुटाएर छिर्छु भन्या, त ढोकानै फुटेन त्यही भएर झ्याल फुटाएर छिर्न खोजेको नि ।

एउटा विधि

एउटा बालकले आफ्नो बुबासँग एउटा विवाह समारोहमा सोध्यो–

बालक : बुबा, विवाहको जग्गेमा दुलाहाले दुलाहीको हात किन समात्छ ?

बुबा :(लामो सास फेर्दै) छोरा, यो त एउटा विधि हो । कुस्ती खेल्न अघि पनि पहलमानहरु अखडामा हात मिलाउँछन् नि । थाहा छैन तिमीलाई ?

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..