विवाहको पहिलो रात (Joke)

विवाहको पहिलो रात दुलहीको मनको ढुकढुकी बढिरहेको थियो । दुलहा कोठामा पस्यो र ढोका लगयो ।

दुलहीको मन झन ढक्क फूल्यो । दुलहाले पर्दा सबै बन्द ग-यो र बत्ती पनि निभायो । विस्तारै खाटमा आयो अनि दुलहीको नजिक आएर भन्यो–

दुलहाः एउटा कुरा देखाऊँ ?

दुलहीः (मुन्टो हल्लाउँदै) हुन्छ ।

दुलहा सिरकभित्रै पस्यो र दुलहीलाई पनि हात समातेर भित्रै तान्यो । दुलहीको मुटुको ढुकढुकी दौडन लाग्यो । दुलही लाज मानेरै दुलहाको नजिक सरेर बसी । दुलहा अझ नजिक गयो । करिब करिब कानमै ओठ जोडेर दुलहाले खुसुक्क भन्यो–

दुलहाः यी हेरत बत्ती बल्ने घडी, बाले किन्देका ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..