सेक्सका विषयमा छोरीले प्रश्न गरेपछि आमाले यस्तो उत्तर दिइन् (Joke)

किशोरीले आमासँग सोधिन्–मम्मी यो सेक्स के हो ?

आमा आत्तिइन्, र सोच्न थालिन् अब के जवाफ दिने होला ? तर जवाफ त दिनु नै पर्ला…..

छोरी, सेक्स त्यो हो जुन विवाहपछि हुन्छ र यसैका कारण बच्चाको जन्म हुने गर्दछ । त्यसअघि यस विषयमा सोच्नु पनि पाप हो ।

किशोरीले निकै ध्यानपूर्वक सुनिरहिन्…र अन्त्यमा उनले भनिन्–तर मम्मी यो एडमिसन फर्ममा के लेखौं ?

श्रीमती चिच्याउँदै बोलिन्–आज साँझ छिटो घर आउनू ।

श्रीमानः के कुनै विशेष केही छ र ?

श्रीमतीः माइतीबाट नातेदार आउँदैछन् ।

श्रीमानः मेरो दिमाग नखाऊ, म व्यस्त छु, कोको आउँदैछ र ?

श्रीमातीः मेरा दुवै जना बहिनी आउँदैछन् ।

श्रीमानले खुसी हुँदै भने–अरे डार्लिङ, तिम्रा नातेदार अर्थात मेरा पनि नातेदार । पक्का म समयमै आउँछु ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..