जिउ चिलाएर (Joke)

एउटा हात मात्र भएको व्यक्ति आत्मग्लानी भएर आत्महत्या गर्न भनी पाँच तले भवनको छतबाट हामफालेर मर्न भनी जान्छ तर उसले त्यहाँबाट तल बाटोमा हेर्दा दुवै हात नभएको व्यक्ति नाचिरहेको देख्छ ।

ऊ दोधारमा पर्छ र मनमनै सोच्छ–उसका दुवै हात नभएर त कस्तो मज्जाले नाचिरहेको छ । मेरो त एउटा हात छ, झन म किन मर्ने ?

उ छतबाट तल झर्छ र अर्को दुवै हात नभएको व्यक्तिलाई सोध्छ–

एकहातेः दाइ, तपाई किन यति खुसी भएर नाचिरहनु भएको छ ?

दुवै हात नभएको व्यक्तिः धेरै नकरा है मुला, अहिले एक लात्ती दिन्छु, आफूलाई जिउ चिलाएर कस्तो भइरहेको छ ?

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..