
एक जना विद्वान डुंगामा नदी पार गर्दै माझीसँग गफ गर्दै थियो–
विद्वानः बाबु, तिमीले अंग्रेजी जानेका छौ ?
माझीः छैन हजुर
विद्वानः त्यसो भए तिम्रो २५ प्रतिशत जीवन बर्बाद हुने भयो ।
विद्वानः अनि हिसाव त जानेका छौ नि ?
माझीः कहाँ जान्नु हजुर, मैले त विद्यालयमा पाइला पनि टेकेको छैन ।
विद्वानः त्यसो भए तिम्रो आधा जीवन बर्बाद ….
त्यति नै बेला बाढी आएर डुंगा पल्टिन खोज्यो ।
माझीः दाई तपाईले पौडिन जान्नु भएको छ ?
विद्वानः (आत्तिदै) छैन बाबु छैन ।
माझीः त्यसो भए तपाईको पूरा जीवन बर्बाद ।