झ्यालबाट टीभी हेरेँ र दुई प्रकारका पुरुष (जोक)

खड्काजीको छोरो एक दिन स्कुलबाट ढिला घर फर्केपछि आमाले खुब कराउनुभयो–

आमाः तँ यति रातिसम्म कता गएको थिइस् ?

छोरोः मम्मी शर्म अंकलकोमा टीभी रहेरा’थेँ ।

आमाः झुट बोल्छस्, आज ८ बजे नै लाइन गएको ।

छोराः तर मम्मी मैले त उहाँहरुको खिड्कीबाट पूरा फिल्म हेरेँ त । फिल्ममा एउटी केटी आफ्नो कोठामा बसिरहेकी हुन्छे, त्यसै बेला हिरो आउँछ अनि उसको हात पकडन्छ अनि फेरि उसलाई पप्पी गर्छ अनि नजिकै भएको बेडमा सुताउँछ……

यत्तिकैमा खड्काजी आउँछन् र तोरीको फूल देख्ने गरी छोरालाई चड्कन लगाउँछन् ।

आमाः अरे, किन कुट्नु हुन्छ बच्चालाई, फिल्मको स्टोरी त बताउँदै थियो नि ?

खड्काजीः माम्पाका, कुकुर, थाहा छैन केके हेर्दै बस्छ । शर्माजीको घरमा टीभी नै छैन ।

दुई प्रकारका पुरुष

कक्षा चलिरहेको थियो । व्याकर पढाउने सरले एक जना विद्यार्थीलाई सोध्नुभयो–

सरः पुरुष कति प्रकारका हुन्छन सरु ?

सरुः दुई प्रकारका हुन्छन् सर ।

सरः (छक्क पर्दै) कसरी ? कुन कुन हुन् भन त ?

सरुः एक विवाहित र अर्को परपुरुष ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..