गफै त हो नि ससुराबा !

गफै त हो नि ससुराबा ! 1

त्यति धैरै बोल्न रूचाउँदा पनि नरूचाउने र गफ गर्न नआउने एउटा वा एकदिन एक्लै ससुराली पुगेको थिए।

ससुरा : ज्वाइँ गफ गर्नुस् न ।

ज्वाइँ : खोई के गफ गरौं र ससुराबा, गफै आउँदैन ।

ससुरा : होइन केही कुरा निकालेर गफ गर्नुस् न ।

ज्वाइँ : मलाई त कुरा निकाल्नै पो आउँदैन त बुबा ।

ससुरा : होइन केही न केही त कुरा निकालेर गफ गर्नुस् भन्या ।

ज्वाइँ : ससुराबा यसपालि त खेतीपाती पनि मज्जाले सप्रियो । भित्र्याउनलाई पनि निक्कै गाह्रो भयो । फेरि एक्लो मान्छे, मैले त स्यालको पनि पुच्छरमा हँसिया झुन्ड्याइदिएँ । त्यसपछि त स्यालले पनि घान काट्यो । मैले पनि काटे । बल्ल बल्ल खेती भित्र्याइसकेर ससुरालीतिर आको ।

ससुरा : (अचम्म मान्दै) हँ, स्यालले पनि धान काट्छ र ज्वाइँ ?

ज्वाइँ : गफै त हो नि ससुराबा ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..