
एक दिन चरीले चरालाई भनी–तिमी मलाई छोडेर कहिल्यै उडेर त जाँदैनौं ?
‘यदि उडेर गएछु भने तिमी मलाई छोप्नु ल ?’ चराले भन्यो ।
‘मैले तिमीलाई छोप्न त सक्नु तर फेरि तिमीलाई आफ्नो बनाउन सक्दिन कि ?’ चरीले फेरि सोधी ।
चरीको कुरा सुनेर चराको आँखाबाट आँसु झरे । उसले दुवै पखेटा भाँच्यो र चरीलाई भन्यो–सानु अब हामी जीवनभरि सधैं साथै रहने ल, कहिल्यै नछुट्टिने ।’
समयले कोल्टे फे-यो ।
एक दिन ठुलो आँधीबेहरी आयो । चरी उड्न खोजी । त्यत्तिकैमा चराले चिच्याउँदै भन्यो–तिमी उडेर जाऊ, म त उड्न सक्दिनँ ।’
‘आफ्नो ख्याल राख्नु है ?’ भन्दै चरी भुर्रर उडेर गई ।
केहीछिनपछि आँधी रोकियो । मौसम सफा भयो । अनि चरी फर्किएर आई । चरा मरिसकेको थियो, एउटा हाँगामा केही लेखेर–
प्रिय सानु, तिम्रो विश्वासमा आज यो संसारबाट विदा भएँ । मबिना पनि तिमी सदा सुखीखुसी रहनु ल….।
Loading...