
रिकुटे, धुर्मुसे र बल्छी हिँडिराखेका बेलामा एउटी परी भेटिइन् । तीनै जना प्रणाम गर्दै परी छेउ पुगेछन् ।
परीः ल तिमीहरुले एउटा–एउटा चिज माग म पूरा गरिदिन्छु ।
धुर्मुसेः हे परीजी मलाई गोरो बनाइदिनुहोस् ।
धुर्मुसे एक सेकेन्डमै गोरो भएछ ।
बल्छी ध्रुबेः हे परीजी मलाई पनि गोरो, राम्रो र अलि चिटिक्कको बनाइदिनुहोस् ।
बल्छी ध्रुबे पनि सेकेन्डमै गोरो र रामैो भएछन् ।
रिकुटे केही छिन् सोच्छ र जोडजोडले हाँस्छ ।
रिकुटेः हे परीजी यी दुई जनालाई पहिलाकै रुपमा पुराइदिनुहोस् । नभन्दै एक सेकेन्डमै दुवै जना फेरि उस्तै भएछन् ।
Loading...