दीपाश्री निरौलाकि बैनिको गितमा सोनिकाको हट डान्स

कलाकार तथा निर्देशक दीपाश्री निरौलाकी बैनी रानु निरौलाको आवाजमा बनेको गीतमा मोडेल सोनिका रोकायले धमाकेदार डान्स गरेकी छिन । पछिल्लो समय उनी म्युजिक भिडियोमा निकै ब्यस्त देखिन्छिन । केही दिन अगाडी रिलिज भएको मिना ढकालको गीत ‘कालि गोरी’मा उनि गुन्यु चोलिमा प्रस्तुत भएकी सोनीका उक्त भिडियोमा हट अवतार मा देखिएकी छिन ।

रानु निरौलाको शब्दमा संगीतमा गीतमा रहेको गीतलाई धिरज श्रेष्ठको एरेन्ज रहेको छ ।राहुल र राजको कोरियोग्राफी रहेको भिडियोमा सोनिकालाई मनिस प्रितमले फिचरिङ गरेका छन् ।शिशिर श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोलाई मुकेश हुमाँगाईले छायाँकन गरेका हुन् ।गीतको भिडियोलाई अमृत चापागाईँले सम्पादन गरेका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..