आँचलको जानी नजानी…

काठमाडौं । मोडल तथा अभिनेत्री आँचल शर्मा मोडल राजु ग्याबकको मायामा परेकी छन् । सधैजसो पल शाहसँग देखिने यी अभिनेत्री एक भिडियोमा भने राजुसँगै देखिएका छन् ।

बुधबार सार्वजनिक गायक सुनिलसिंह ठकुरीको पछिल्लो गीत ‘जानी नजानी लाएको माया’ को भिडियोमा यी दुईको प्रेम रोमान्स छ । ठकुरीको यस भिडियोमा राजु ‘डन’को भूमिकामा देखिएका छन् भने आँचल उनको प्रेममा चुर्लुम्म डुबेकी छन् ।

नितिन चन्दले निर्देशन गरेको यस भिडियोलाई सुरेश नेपालीले छायांकन गरेका छन् । टंक बुढाथोकीको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको यस म्युजिक भिडियोलाई दिपेन बस्नेतले सम्पादन गरेका हुन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..