प्रमुख पाँच दलको बालुवाटार बैठक निष्कर्षविहीन

काठमाडौ । निर्वाचनपछि नयाँ सरकार बन्ने विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको राष्ट्रिय दलहरुको बैठक निष्कर्षबिहीन भएको छ ।

बालुवाटारमा शुक्रबार बसेको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र नयाँ सरकार निर्माणका प्रमुख दुई एजेन्डामा छलफल भए पनि सहमति जुट्न नसकेको हो । बैठकपछि सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दलहहरुबिच कुनै ठोस सहमति हुन नसकेको बताउनुभयो ।

राष्ट्रपतिसमक्ष पठाएको विधेयक स्वीकृत नगरेसम्म अरु प्रकृया अगाडि बढ्दैन भन्ने धारणा काग्रेसले राखेको उहाले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिकहाँ गएको अध्यादेश र त्यसअघि तयार भएको विधेयकको अन्तर्वस्तुमा फरक भएकोबारे छलफल गरिएको बताउनुभयो । श्रेष्ठले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न तयार रहेको बताए पनि ठोस सहमति भने नभएको जानकारी दिनुभयो ।

बैठकमा नेकपा एमालेबाट अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाल र पूर्वसभामुख सुवास नेम्वाङ सहभागी हुनुहुन्थ्यो भने नेपाली कांग्रेसबाट पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी हुनुहन्थ्यो ।

यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहालका साथै नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा तथा राष्ट्रिय जनता पार्टीबाट अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरमबाट अध्यक्ष उपेन्द्र यादव सहभागीहुनुहुन्थ्यो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..