प्रेमिकासँग रंगीन पल बिताउँदै गर्दा श्रीमती र प्रेमिकाका श्रीमान् सँगसँगै आएपछि…

शपिङ मलको अण्डरग्राउण्ड पार्किङमा एक प्रेमी जोडी प्रेमालापमा मस्त थिए । त्यही बेला युवककी श्रीमती त्यहाँ आइन् । प्रेमिकाका श्रीमान पनि आए । एकै छिन अघिको रमाइलो पल एकाएक रणमैदान बन्यो । चारै जनामा विवाद हुन थाल्यो । यही क्रममा प्रेमी युवकले आफ्नी पत्नी र प्रेमिकाका पनि दुवैलाई मारिदिने धम्की दिए । यसको सूचना तत्कालै प्रहरीमा दिइयो । प्रहरीले यस विषयमा मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

ती प्रेमी युवकको नाम जसपाल सिंह भएको बताइएको छ । उनी भारतको गुजरातको नाडियाद शहरमा एक बैंकमा काम गर्छन् । उनको एक शो रुममा काम गर्ने विवाहित महिलासँग प्रेम सम्बनध चलिरहेको छ । ती महिलाको ५ वर्षका छोरा पनि छन् । ती महिला पहिले जसपालसँग त्यही बैंकमा काम गर्थिन् जतिबेला उनीहरुको प्रेम भएको थियो । त्यतिबेलादेखि यो प्रेम सम्बन्ध चलिरहेको छ । जसपालकी पनि डेढ वर्षकी छोरी छिन् ।

जसपालकी पत्नीलाई पतिको प्रेम सम्बनधबारे थाहा थियो । उनले जसपाललाई सम्झाउने निकै प्रयास गरिन् तर जसपाल मानेनन् । उनले प्रेमिकासँग भेट्न जारी राखे । उनी सधैं प्रेमिकालाई लिन जान्थे । त्यस दिन जसपालकी श्रीमतीले उनीहरु एक सपिङ मलमा भएको थाहा पाइन् । उनी तुरुन्त त्यहाँ गइन् र जसपाललाई प्रेमिकासमेत रंगेहात समातिन् । यही बीचमा प्रेमिकाका पति पनि त्यहाँ पुगे । त्यसपछि घटना प्रहरीसम्म पुगेको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..