काम नगर्ने ठेकेदारको सूची तयार पार्दै गृह मन्त्रालय (भिडियो)

काठमाडौँ। भौतिक पूर्वाधार निर्माणसँग जोडिएका निकायभन्दा मुलुकको आन्तरिक सुरक्षाको जिम्मेवारी लिएको गृह मन्त्रालय ठेकेदारहरूको सूची तयार पार्न सक्रिय छ ।

तर यसको मूल दायित्व रहेका निकाय भने बेसरोकारको जस्तै छन् । गृहमन्त्री रामबहादुर थापा , आइतबार सवारी प्रदुषण जाँच गर्न सडकमै पुगे । तर यातायात र प्रदुषण दुवै गृह मन्त्रालय मातहत पर्ने विषय होइनन्  ।

गृहमन्त्री थापाकै निर्देशन अनुसार ७० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले समयमा काम नगर्ने ठेकेदारको सूची गृह मन्त्रालयमा पठाएका छन् ।

काठमाडौँ जिल्ला प्रशासनले मात्रै काम नगर्ने तिन सय ठेकेदार कम्पनीको सूची पठाएको छ ।

यदि गृहको आदेशको पालना गर्ने हो भने ठेकेदारकै कारण कुनै नियमित काम हुन नसकेको भए प्रमुख जिल्ला अधिकारीले सार्वजनिक अपराध एनमा मात्रै मुद्दा चलाउन सक्छ ।

तर समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गर्ने सम्बन्धित निकाय गृह मातहतको निकाय होइन ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..