तीन महिनामै सरकारले बाँड्यो एक करोड, पहुँच हुनेलाई धमाधम आर्थिक सहयोग

काठमाडौ । सरकारले उपचार खर्च र अर्थिक सहायताका नाममा तीन महिनामा एक करोडभन्दा बढी रकम बाँडेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त भएयता मन्त्रिपरिषद् बैठकमार्फत एक करोडभन्दा बढी आर्थिक सहयोग बाँडिएको हो। कतिपय सहयोग लैंगिक हिंसा, बलात्कारका घटनामा पीडित, अंगभंग भएकाको जीविकोपार्जनका लागि उल्लेख गरिए पनि बाँकी सहयोग पहुँच र प्रभावका आधारमा बाँडेको छ।

यो अवधिमै सरकारले नेकपाका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङका लागि सवारी, निजामतीका चालक र इन्धनवापतको रकम दिने निर्णय मन्त्रिपरिषदबाट अनुमोदन गराइएको छ।

गत चैत १४ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वसांसद तथा तत्कालीन एमालेका नेता जागृत भेटवाललाई १५ लाख रुपैयाँ दिने निर्णय गरेको थियो। कारोबार दैनिकमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..