नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत, दक्षिण एसियामा तेस्रो

काठमाडौ । विश्व बैंकका अनुसार यस वर्ष नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै तेस्रो उच्च हुनेछ।

नेपालभन्दा बढी दरको आर्थिक वृद्धिदर भार र बंगलादेशले हासिल गर्ने भएको छ। चालु आर्थिक वर्ष ०७४/७५ (२०१८)मा नेपालको आर्थिक वृद्धिदर ६ दशमलब ३ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।

गत जनवरीमा गरेको आर्थिक वृद्धिको प्रक्षेपणभन्दा १ दशमलब ७ प्रतिशत बढाएर विश्व बैंकले नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो।

भारतको आर्थिक वृद्धिदर ६ दशमलब ७ प्रतिशत र बंगलादेशको ६ दशमलब ५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ। नयाँ पत्रिका दैनिकमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..