हाजिर मात्र गरेर तलब खाइरहेछन् ३०० सहसचिव

काठमाडौ । शिक्षा मन्त्रालयले कर्मचारी व्यवस्थापन गर्न नसकेका कारण करिब तीन सय उपसचिवले एक महिनादेखि हाजिर मात्र गरेर तलब खाइरहेका छन्।

स्थानीय तहमा कर्मचारी अभाव भएर कार्यसम्पादनमा समस्या परे पनि शिक्षाका कर्मचारी भने काम नपाएर मन्त्रालय तथा मातहतका निकायमा भौंतारिन बाध्य छन्। मन्त्रालयअन्तर्गत विभिन्न निकायमा चार सय ८५ उपसचिवको दरबन्दी छ।

मन्त्रालयको नयाँ संरचना बनेपछि मन्त्रालयकै अधिकारीका अनुसार चार सय ८५ उपसचिवमध्ये करिब दुई सय जनाले मात्र जिम्मेवारी पाउने अवस्था छ।

बाँकी कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा मन्त्रालयले केही निर्णय गर्न सकेको छैन। ती उपसचिव उपयुक्त जिम्मेवारीको पर्खाइमा छन्। तर कहिले टुंगो लाग्छ, ठेगान छैन। अन्नपूणृ पोष्ट दैनिकमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..