‘सेल्फ सर्भिस’ मा पनि १० प्रतिशत सेवा शुल्क

काठमाडौ । सेवा क्षेत्रसँग सम्बन्धित एक दर्जनभन्दा बढी संस्थाले उपभोक्ता आफैंले गर्नसक्ने काम (सेल्फ सर्भिस) मा पनि १० प्रतिशत अतिरिक्त सेवा शुल्क लागू गर्न पाउने भएका छन्।

सेवा शुल्क सम्बन्धमा डेढ वर्षयता बल्झिएको विवाद समाधान गर्न सम्बन्धित पक्षबीच हालै भएको सम्झौताले सेल्फ सर्भिसमा पनि उपभोक्ताबाट सेवा शुल्क लिनसक्ने निर्णय गरेको हो।

सम्झौताअनुसार होटेल, मोटेल, सफारी रेस्टुराँ, फास्टफुडबाहेक उपभोक्ताले बैंक्वेट, पार्टी प्यालेस, होमस्टे, मोनास्ट्री स्टेमा सेवा शुल्क तिनुपर्नेछ। त्यस्तै बञ्जी जम्पिङ, केबुलकार सेवा, फ्लाइट क्याटरिङ, एअर बी एन्ड बी र डिस्को नाइट क्लब, डान्स, दोहोरीजस्ता रात्रिकालीन मनोरञ्जन व्यवसायले पनि उपोभोक्तासँग सेवा शुल्क लिन पाउनेछन्।

यी सबै संस्थाले उपलब्ध गराउने प्याकिङ अथवा सेल्फ सर्भिसमा पनि उपभोक्ताले १० प्रतिशत सेवा शुल्क तिर्नुपर्ने भएको छ। गोरखापत्र दैनिकमा खबर छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..