
नेपाली रंगमञ्चका स्टार राजेश हमाल ५३ वर्षका भए । सन १९६४ जुन ९ अर्थात आजकै दिन उनको जन्म भएको हो ।
पाल्पाको तानसेनको सम्पन्न परिवारमा जन्मिएका उनी नेपाली रंगमञ्चमा चार दशक भन्दा लामो अभिनय यात्रा रहेको छ । चलचित्र युगदेखि युगसम्मबाट आफ्नो अभिनय यात्रा थालेका हमालका पिता राजदूत सम्म भएका थिए ।
उनले केहि वर्ष अघि मात्र धरानकी युवती मधु भट्टराईसंग विवाह बन्धनमा बाँधिएका थिए । राजमार्गको तर्फबाट महानायक हमाललाई जन्मदिनको धेरै धेरै शुभकामना ।।