अब कक्षा ११ र १२ मा गणित विषय नपढे पनि हुने

काठमाडौ । कक्षा ११ र १२ लाई माध्यमिक तहमा समायोजन गरेसँगै सरकारको पाठ्यक्रममा हेरफेर गरेको छ।

पाठ्यक्रम विकास केन्द्रले तयार गरेको विद्यालय तहको पाठ्यक्रमको प्रारुपअनुसार कक्षा ११ र १२ मा गणित विषय नपढे पनि हुने भएको छ।

शिक्षामन्त्री अध्यक्ष रहने पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले जेठ १८ गते यो पाठ्यक्रम पारित गरिसकेको छ। विज्ञहरुले भने गणित विषयको महत्त्व नै नबुझी हचुवाको भरमा पाठ्यक्रम बनाइएको भन्दै सच्याउन सरकारलाई आग्रह गरेका छन्। अन्नपूर्ण पोष्टमा खबर छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..