खप्तडी बस्नेत युवा समाजको केन्द्रीय अधिवेशन असार ९ गते काठमाडौमा हुने

काठमाडौ । खप्तडी बस्नेत युवा समाजको केन्द्रीय महाधिवेशन असार ९ गते शनिबार हुने भएको छ। समाजले महाधिवेशन सम्पन्न गर्न अभिनयमान सिंह बस्नेतको संयोजकत्वमा २१ सदस्यीय आयोजक समितिसमेत गठन गरेको जनाएको छ।

राजधानीको विग फुडल्याण्ड बत्तीसपुतलीमा हुने अधिवेशनको उद्घाटन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गर्नुहुने आयोजक समितिले जनाएको छ।

अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न गठित समितिमा रामजंग बस्नेत (पनौति, समनसिंह बस्नेत, हिमाल बस्नेत, विद्या बस्नेत, कोपिला बस्नेत, दुर्गा बस्नेत, प्रकाश बस्नेत, प्रेम बस्नेत, महेश बस्नेत, रमेश बस्नेत, युवराज बस्नेत, सुनिल बस्नेत, रविन बस्नेत, केदार बस्नेत, सुरज बस्नेत, पृथ्वीमान सिंह बस्नेत, सुनिता बस्नेत, विजय बस्नेतसहितलाई सदस्य राखिएको आयोजक समितिले जनाएको छ।

खप्तडी बस्नेत वंशलता रामबहादुर बस्नेतसहित केन्द्रीय वंशावली समिति, जिल्ला समिति, युवा समाज पूर्वाञ्चल क्षेत्रीय समिति, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुका साथै खप्तडी बस्नेतसम्वद्ध ७ वटै प्रदेशका ७७ वटै जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षक अधिवेशनमा सहभागी हुने बताइएको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..