आफ्नै छोरालाई छुरा प्रहार गरी हत्या गर्ने पक्राउ

भक्तपुर । आफ्नै छोरालाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-५ खरीपाटी घर भई कमलबिनायक बस्ने ३५ बर्षीय पहलमान गिरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उनले आफ्नै १२ बर्षीय छोरा प्रतिक गिरिलाई छुरी प्रहार गर्दा घाइते भएकोले भक्तपुर अस्पताल हुदै थप उपचारको लागि केएमसी अस्पताल सिनामंगल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..