यस्तो रह्यो सिंगापुरमा उत्तर कोरिया र अमेरिकी नेताबीचको भेटवार्ता

सिंगापुर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको पहिलो शिखर वार्ता सकिएको छ । ऐतिहासिक वार्तापछि दुवै नेताले पहिलो वार्ता फलदायी भएको बताएका छन् । राष्ट्रपति ट्रम्पले किमसँगको सम्बन्ध आगामी दिनमा पनि सौहार्दपूर्ण रहने विश्वास व्यक्त गर्दै पुराना मतभेदलाई भुलेर आफूहरू अगाडि बढिसकेको उल्लेख गरे। भेटवार्तापछि किमले ट्रम्पलाई अंग्रेजीमा भने–नाइस टु मिट यु, मिस्टर प्रेजिडेन्ट ।

सिंगापुरको सैन्टोसा द्वीपस्थित कैपेला होटलमा भएको यो भेटवार्ता झन्डै ३८ मिनेट चलेको थियो। व्हाइट हाउसले बैठकको समयको जानकारी दिएको हो ।

आपसी भेटवार्तापछि जब किम र ट्रम्प बाहिर निस्केर हिँड्न लागे तब पत्रकारहरुले हिड्दाहिड्दै प्रश्न पनि गरे, एक जना पत्रकारले किम जोंग उनलाई सोधे–अध्यक्ष के तपाई परमाणु निसस्त्रीकरण गर्नुहुनेछ ?

अर्का एक जना पत्रकारले पनि प्रश्न गरे–मिस्टर किम के तपाई आफ्नो परमाणु हतियार नष्ट गर्नुहुनेछ ?

तर उत्तर कोरियाली नेताले यी सबै प्रश्नलाई नजरअन्दाज गरे । यद्यपि किमले संगै हिडिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुसँग भने कि सबै कुरा उत्तम तरिकाले चलिरहेको छ।

शिर्ष नेताहरुको बैठकपछि दुवै नेताका साथमा आएका बरिष्ठ सल्लाहकार र सहयोगीहरुबीच छलफल भइरहेको बताइएको छ। अमेरिकाको तर्फबाट बैठकमा राष्ट्रपति ट्रम्पका साथ विदेशमन्त्री पोम्पियो, व्हाइट हाउसका चिफ अफ स्टाफ जोन कैली र सुरक्षा सल्लहकार जोन बाल्टन देखिएका छन् ।

अर्कातिर उत्तर कोरियाली नेता किम जोंग उनका साथमा सबैभन्दा निकट मानिने किम योंग चोल सहभागी छन् । यसका साथै विदेशमन्त्री री योंग हो र पूर्व विदेशमन्त्री री सु योंग पनि सहभागी छन्।

किम र ट्रम्पबीच भएको फेस टु फेस अर्थात आमनेसामने भेटवार्ता होटलको लाइब्रेरीमा भएको हो । यसअघि दुवै नेताले एउटा सानो पत्रकार सम्मेलन गरेका थिए ।

यसक्रममा डोनाल्ड ट्रम्पले भने–म निकै नै राम्रो महशुस गरिहेको छु । हामीबीच शानदार कुराकानी हुनेवाला छ र मलाई लाग्दछ कि यो कुराकानी जबरजस्त ढंगले सफल हुनेछ । यो मेरा लागि निकै नै सम्मानजनक छ र मलाई यसका कुनै शंका छैन कि हामीबीच गहिरो सम्बन्ध स्थापित हुनेछ ।

यही किम जोंग उनले भने–यहाँसम्म पुग्न सहज थिएन, हाम्रो इतिहास…र हाम्रा पूर्वाग्रह यस दिशामा अघि बढ्नका लागि अवरोध बनिरहेको थियो । तर हामी ती सबैलाई पार गरेर अहिले यहाँ उपस्थित छौ ।

किम जोंग उनसँग भेट गर्नुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले एउटा ट्वीट गरे, जसमा यो बैठकलाई लिएर स्वयम ट्रम्पमा विभिन्न आशंका रहेको संकेत मिल्दथ्यो । ट्रम्पले लेखका छन् कि स्टाफका सदस्यहरु प्रतिनिधिहरुबीच सबै कुरा राम्रो रहयो तर यो निकै अर्थपूर्ण छ । निकै नै चाँडै यो थाहा हुनेछ कि यो भेटवार्तामा कुनै असल सम्झौता हुन सक्यो कि सकेन ।

किमलाई लिएर सिंगापुरमा उत्साह

आशंकाहरु आफ्नै ठाउँमा छ, तर आशा पनि कम छैन । संसारमा धेरै मानिस चाहन्छन् कि १८ महिनाअघिसम्म एकअर्कामाथि आक्रमणको धम्की दिइरहेका देश, मिलेर शान्ति स्थापित गर्ने बाटोमा अघि बढेका छन् । त्यसैले जब किम जोंग उन सिंगापुरमा घुमिरहेका थिए तब त्यहाँ उनीप्रति मानिसहरुको जबरजस्त उत्साह देखिएको थियो ।

किमले पनि सिंगापुरबासीलाई निराश पारेनन् र मुस्कुराउँदै हात हल्लाएर उनीहरुलाई अभिवादन गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यो भेटलाई शानित स्थापना गर्ने एउटा ‘अर्को मौका’ मानिरहेका छन् । संसारभन्दा अलग्गैजस्तो रहेको उत्तर कोरियाका लागि यो संसारसँग जोडिने स्वर्णिम अवसर हो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..