‘चिमुसीचि’को शिर्ष गीत सार्वजनिक

साउन ११ गतेबाट प्रदशन हुने चलचित्र ‘चिमुसीचि’को लोक लयको शिर्ष गित सार्वजनिक भएको छ । मंगलबार युटूबमा सार्वजनिक गीतमा नायिका नम्रता सापकोटाले ठुम्का लगाएकी छिन् । उक्त गीतमा सुजता पाण्डेको स्वर रहेको छ भने सन्तोष पोखरेलको शब्द रहेको छ ।विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमा करणराज कार्कीको संगीत रहेको छ ।गीतमा फिल्मका लिड कलाकार सुनिल क्षेत्री र अलिशा शर्माका साथै शिवराज कार्की पनि देखिएका छन् ।

दिनेश श्रेष्ठ लेखन तथा निर्देशन गरेको यो चलचित्रमा निर्मातामा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ छन् । ‘चिमुसीचि’मा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..