घलेले किन छोरा र श्रीमतीको घाँटी रेटेर आफैले आफैलाई चक्कु प्रहार गरे ?

काठमाडौ । लेखनाथ महानगरपालिका(१५ कालिका मार्ग स्थित धनमाया ठकुरीको घरमा बस्दै आएकी ३५ वर्षीया सुमित्रा ठकुरी तथा उनको ४० वर्षीय श्रीमान रामजी घले घारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएको अबस्थामा र ११ वर्षीय छोरा ज्ञापन घले घाँटी रेटिएर मृत्यु भएको अबस्थामा बुधबार बिहान फेला परेका छन् ।

घाइते सुमित्रा र रामजीलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पतालमा लगिएको छ । धनमाया ठकुरीका अनुसार रामजी घलेले धारिलो हतियार चक्कुले छोराको हत्या गरी सुमित्रालाई समेत प्रहार गरी आफैले आफ्नो घाँटी रेटेको बुझिन आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..