वैदेशिक रोजगारीमा जाने बढे, विप्रेषणमा कमी

काठमाडौ । विगत २३ वर्षको अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या साढे ११ हजारभन्दा बढी गुणाले वृद्धि भएको छ।

आर्थिक वर्ष २०५०्/५१ मा तीन हजार ६०५ जना मात्रै वैदेशिक रोजगारीमा गएकोमा आर्थिक वर्ष २०७३्/७४ सम्म आइपुग्दा चार लाख नौ हजार श्रम स्वीकृति लिएर गएका छन्।

नेपाल राष्ट्र बैंकले गएको साता सार्वजनिक गरेको प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा जानेको संख्या उच्चदरमा बढेको देखिएको हो। चालू आर्थिक वर्षमा हालसम्म तीन लाख ९८ हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन्। गोरखापत्रमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..