लण्डनको वर्षकै सबैभन्दा नशालु पार्टी, यसरी पोखियो युवतीहरुको जवानी

बेलायतको न्युकैसलमा मैड फ्राइडे मनाइयो, जसमा वर्षकै सबैभन्दा नशालु रात भन्ने गरिन्छ । क्रिसमसभन्दा दुई दिन पहिला मनइयो यो रातमा जमेर मदिरा सेवन गर्ने गरिन्छ । क्युकैसलमा भएको मैड फ्राइडेका क्रममा सहभागीहरुले जमेर हुलदंगा पनि मच्चाए ।

यो पार्टीका लागि प्रहरीले सुरक्षाको पूर्व तयारी गरेको थियो। गत वर्ष भएका केही घटनालाई ध्यानमा राखेर अतिरिक्त प्रहरी बल तैनाथ गरिएको थियो। यहाँ प्रहरीका साथै स्वास्थ्य विशेषज्ञलाई पनि परिचालन गरिएको थियो । उनीहरुले कार्यक्रममा सहभागीहरुलाई मदिरा कम पिउन सल्लाह दिएका थिए ।

पार्टीमा युवाहरुका साथै प्रौढहरु पनि सहभागी थिए । अबेर रातिसम्म नशामा लड्दै उठ्दै गरेका सहभागीहरुलाई प्रहरीले सम्हालेको थियो । नशामा चुर भएका कतिपय सडकमै लड्दा चोटपटकसमेत लागेको थियो । जसमा युवतीहरुको संख्या बढी थियो । कयौ जोडीले सडकमै नाइट आउट गरे ।

मैड फ्राइडेलाई वर्षको सबैभन्दा बढी व्यस्त दिन पनि मान्ने गरिन्छ । यस दिन मानिसहरु क्रिसमसको अन्तिम तयारी र किनमेलमा जमेर जुट्ने गर्दछन् । गत वर्ष यो कार्यक्रमबाट ३ सय जनालाई अस्पताल पुराइएको थियो । लण्डन एम्बुलेन्स सर्भिसका अनुसार गत वर्ष मैड फ्राइडेका क्रममा करिब ३ सय जना बढीलाई बढी मदिरा सेवन गरेका कारण अस्पताल भर्ना गरिएको थियो । यसैलाई ध्यानमा राखेर यो वर्षको तयारी गरिएको थियो । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..