यस्तो छ विश्वकप फुटबलमा आजको खेल तालिका, कुन देश घर फर्कँदै, कुन प्रतिस्पर्धामा ?

रुसमा जारी फिफा विश्वकप फुटबलमा आज तीन खेल हुँदैछ । विश्वकपमा आज समूह ’सी’ को दुई खेल र समूह ’डी’ को एक खेल हुँदैछ ।
विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा समूह ’सी’ बाट डेनमार्क र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्दैछ । डेनमार्क र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार साँझ ५ः४५ मा सामरा एरिनामा हुनेछ ।

अष्ट्रेलियाविरुद्ध मैदान उत्रदा डेनमार्क दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पेरुलाई हराएको डेनमार्कले अष्ट्रेलियालाई हराएमा अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो हुनेछ ।

यस्तै यो समूहको दोस्रो खेलमा फ्रान्स र पेरुबीच खेल हुनेछ । उक्त खेल नेपाली समय अनुसार राति ८ : ४५ मा एकटेरियान स्टेडियममा हुनेछ ।बलियो फ्रान्स आजको खेल जित्दै अन्तिम १६ मा पुग्न चाहन्छ । पहिलो खेलमा अष्ट्रेलियालाई हराएको फ्रान्स दोस्रो जितको खोजीमा रहने छ ।

पेरु भने पहिलो जितको खोजीमा रहने छ ।रुस विश्वकपमा आजबाट समूह ’डी’ को एक खेल हुँदैछ । आज राति हुने खेलमा अर्जेन्टिना र क्रोएसियाले खेल्दैछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार राति ११ः४५ मा नोभगोरोड स्टेडियममा सुरु हुनेछ ।

यसअघि फिफा विश्वकप फुटबलमा स्पेनले कठिन जित हासिल गरेको छ । गरएाती भएको समूह चरणको दोस्रो खेलमा स्पेनले इरानलाई १–० गोल अन्तरले हराएको हो ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा डिएगो कोष्टाले स्पेनका लागि गोल गरेका थिए ।

इरानी डिफेन्डरले क्लियर गर्न खोजेको बल कोष्टालाई लाग्दै गोलमा परिणत भएको थियो । यो जितसँगै समूह बी को स्पेनले दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । स्पेनले २ खेलबाट ४ अंक जोडेको छ ।

यस्तै गएरातीकै अर्को खेलमा उरुग्वेले लगातार दोस्रो जित निकालेको छ । एसियाली राष्ट्र साउदी अरेबियालाई १–० गोल अन्तरले हराउँदै उरुग्वेले लगातार दोस्रो जित निकालेको हो ।उरुग्वेका लागि लुइस स्वारेजले २३ औं मिनेटमा गोल गरेका थिए।

लगातारको दुई जितसँगै समूह ए बाट उरुग्वेले विश्वकपको अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

त्यसअघि भएको खेलमा क्रिस्टियानो रोनाल्डोले गरेको गोलमा पोर्चुगत विजयी भएको छ । पोर्चुगलले मोरक्कोलाई १–० ले हराएको हो । रोनाल्डोले खेलको चौथो मिनेटमै गोल गरेका थिए । यो सँगै जारी विश्वकपमा रोनाल्डो गोल संख्या चार पुगेको छ । जित पछि समूह चरणमा पुग्ने पोर्चुगलको सम्भावना बलियो बनेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..