विश्वकपमा आज तीन खेल हुँदै, सबैको ध्यान ब्राजिल र कोस्टारिकामाथि

रुसमा जारी फिफा विश्वकप फुटबलमा आज तीन खेल हुँदैछ । विश्वकपमा आज समूह ई को दुई खेल र समूह डी को एक खेल हुँदैछ ।

विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा समूह ई बाट ब्राजिल र कोष्टारिकाले प्रतिस्पर्धा गर्दैछन् । ब्राजिल र कोष्टारिकाको खेल नेपाली समय अनुसार साँझ ५ः४५ मा हुनेछ ।सेन्ट पिटर्सवर्ग स्टेडियममा कोष्टारिकाविरुद्ध मैदान उत्रदा ब्राजिल पहिलो जितको खोजीमा हुनेछ ।

पहिलो खेलमा स्विटजरल्याण्डसँग बराबरीमा रोकिएको ब्राजिललाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ ।आजको खेलमा जित निकाले ब्राजिलको दोस्रो चरणको यात्रा सहज हुनेछ । पराजित भए ब्राजिललाई दोस्रो चरण पुग्न निकै कठिन हुनेछ ।

कोष्टारिकालाई पनि अर्को चरणमा पुग्न जितको विकल्प छैन । ब्राजिलसँग हारे कोष्टारिका एक खेल नखेल्दै बाहिरिने छ ।समूह ई बाट आज हुने दोस्रो खेलमा सर्बिया र स्विटजरल्याण्ड भिड्ने छन् । दुई टोलीबीचको खेल राति ११ः४५ मा सुरु हुनेछ ।

केलिनगार्ड स्टेडियममा सर्बिया जित निकाल्दै दोस्रो चरणमा पुगे लक्ष्यसहित मैदान उत्रने छ । सर्बियाले पहिलो खेलमा कोष्टारिकालाई १–० ले हराएको थियो ।

यता, स्विटजरल्याण्ड पहिलो जितको खोजीमा हुनेछ। दोस्रो चरणको यात्रा तय गर्न स्विटजरल्याण्डलाई यो खेल जित्नै पर्ने हुन्छ ।समूह ई मा सर्बियाको ३ अंक रहँदा ब्राजिल र स्विटजरल्याण्डको १–१ अंक छ । कोष्टारिका अंकविहीन छ ।

रुस विश्वकपमा आज समूह डी को एक खेल हुँदैछ । आज राति ८ः४५ मा सुरु हुने खेलमा नाइजेरिया र आइसल्याण्डले प्रतिस्पर्धा गर्ने छन् । दुवै टोली जित निकाल्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा हुनेछ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..